१४ बर्षकी कृष्णकला भन्छिन्, ‘समाजमा बहिष्कृत हुनुभन्दा त छाउगोठमै सुत्छौं’

सुर्खेत, ८ साउन । छाउपडी प्रथा उन्मूलनमा शिक्षित ‘नयाँ पुस्ता’ नै मुख्य तगारो बनेको छ । गाउँका शिक्षित व्यक्तिले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन्। पढेरलेखेका र जागिरे महिला महिनावारी हुँदा आफैं छाउगोठमा सुत्दै आएका छन्। शिक्षित भनिएका व्यक्ति र ‘नयाँ पुस्ता’ ले नै छाउ बार्ने कुसंस्कारलाई अँगाल्न थालेपछि छाउपडी उन्मूलनमा झन् चुनौती थपिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अभियान सञ्चालन
प्रदेश नम्बर ६ र ७ का जिल्लामा छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले विभिन्न चेतनामूलक अभियान सञ्चालन हुँदै आएका छन्। तर, छाउपडी प्रथा गलत हो भन्ने बुझेको शिक्षित पुस्ताले नै प्रतिवाद गर्नुको साटो यो प्रथालाई अँगाल्न थालेको छ।
नयाँ पुस्ता थप तगारो
गाउँका अगुवा, जागिरे महिला र पढेरलेखेका व्यक्तिले नै छाउ बार्न नछाडेपछि यो कुसंस्कार विस्तारै नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको छ। धार्मिक अन्धविश्वास र चेतनाको कमीले गर्दा छाउपडी उन्मूलनमा कठिनाइ भइरहेका बेला यही कुसंस्कार अँगाल्न थालेपछि नयाँ पुस्ता अभियानमा थप तगारो बनेको हो।
फरक दृष्टि
कक्षा १० सम्म अध्ययन गरेकी दैलेख लैनचौर निवासी १४ वर्षीया कृष्णकला विक छाउगोठमा सुत्न थालेको चारपटक भयो। महिनावारी एक सामान्य प्रक्रिया हो भन्ने उहाँलाई राम्रोसँग जानकारी छ। तर, गाउँकै शिक्षकका घरमा समेत छाउ बार्दै आएको देखेकी उहाँ परिवारले छाउगोठमा सुताउँदा प्रतिवाद गर्न सक्नुहुन्न। उहाँ भन्नुहुन्छ, ‘गाउँमा सबैले बार्छन्, हामीले मात्र नबार्दा अरूले फरक दृष्टिले हेर्छन्। समाजमा बहिष्कृत हुनुभन्दा त छाउगोठमै सुत्छौं, एक्लै प्रतिवाद कसरी गर्नु ?’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












