इजिप्टमा पूर्वमहान्यायाधिवक्ताको हत्यामा संलग्न २८ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं, ८ साउन । सन् २०१५ मा इजिप्टका पूर्वमहान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न अठ्ठाइस अपराधीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले प्रसारण गरेको छ।
यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य अभियुक्तहरुः पन्ध्रलाई आजीवन कारावास (इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस बर्षको कैद), आठलाई जनही पन्ध्र बर्षको कारावास र पन्ध्रलाई जनही दश बर्षको कारावासको सजाय समेत तोकिएको छ।
आज सजाय सुनाइएका सबै अपराधी, अभियुक्तहरुलाई एउटा आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो।
यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा अदालतले ३१ जना अपराधीहरुलाई मृत्युदण्डको सजाय दिने गरी गरेको फैसला अनुमोदनका लागि एक महिनाअघि ‘ग्य्राण्ड मुफ्ति’ कहाँ पेस गरेको थियो। इजिप्टमा विद्यमान इस्लामिक कानुन बमोजिम जटिल तथा सङ्गिन अपराध बापत अदालतले दण्ड सजाय तोकेपछि मुलुकका सर्बोच्च इस्लाम धर्माधिकारी (ग्य्राण्ड मुफ्ति) को सहमति लिनु अनिवार्य हुन्छ।
मुद्दामा अदालतले ३१ अपराधीहरुलाई मृत्युदण्डको सजाय दिएकोमा ‘ग्य्राण्ड मुफ्तुबाट २८ को मात्र सजाय अनुमोदन भएका जनाइएको छ।सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीको एक समूहले कार बम बिस्फोट गराई हत्या गरेको थियो।
त्यस बखत, यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई ‘गिजा पपुलर रेसिस्टेन्स’ भनी परिचय दिन रुचाउने आतङ्ककारीहरुको एउटा समूहले सो हत्याको दावी गरेको थियो। हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जना अपराधीहरुलाई पक्राउ गरी तिनीहरु उपर ज्यान मरेको अभियोगमा मुद्दा चलाएको थियो। यीमध्ये एकजनाको कालगतिले मृत्यु भइसकेको छ।
महान्याधिवक्ता हत्याकाण्डअघि, अन्तर्राष्ट्रिय आतङ्ककारी समूह इस्लामिक स्टेट्ससँग आवद्ध, इजिप्टको सिनाइमा अखाडा जमाउँदै आएको अन्सार बेइत अल्–मक्दिस् समूहले अदालतका फलाना फलाना न्यायाधीशमाथि आक्रमण गर्नु भनी आफ्ना समर्थकहरुका नाममा आदेश चलाउने गरेको थियो।
हत्याकाण्डमा परी मारिएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्वराष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त भएका थिए। रासस/एएफपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












