इजिप्टमा पूर्वमहान्यायाधिवक्ताको हत्यामा संलग्न २८ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं, ८ साउन । सन् २०१५ मा इजिप्टका पूर्वमहान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न अठ्ठाइस अपराधीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले प्रसारण गरेको छ।
यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य अभियुक्तहरुः पन्ध्रलाई आजीवन कारावास (इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस बर्षको कैद), आठलाई जनही पन्ध्र बर्षको कारावास र पन्ध्रलाई जनही दश बर्षको कारावासको सजाय समेत तोकिएको छ।
आज सजाय सुनाइएका सबै अपराधी, अभियुक्तहरुलाई एउटा आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो।
यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा अदालतले ३१ जना अपराधीहरुलाई मृत्युदण्डको सजाय दिने गरी गरेको फैसला अनुमोदनका लागि एक महिनाअघि ‘ग्य्राण्ड मुफ्ति’ कहाँ पेस गरेको थियो। इजिप्टमा विद्यमान इस्लामिक कानुन बमोजिम जटिल तथा सङ्गिन अपराध बापत अदालतले दण्ड सजाय तोकेपछि मुलुकका सर्बोच्च इस्लाम धर्माधिकारी (ग्य्राण्ड मुफ्ति) को सहमति लिनु अनिवार्य हुन्छ।
मुद्दामा अदालतले ३१ अपराधीहरुलाई मृत्युदण्डको सजाय दिएकोमा ‘ग्य्राण्ड मुफ्तुबाट २८ को मात्र सजाय अनुमोदन भएका जनाइएको छ।सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीको एक समूहले कार बम बिस्फोट गराई हत्या गरेको थियो।
त्यस बखत, यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई ‘गिजा पपुलर रेसिस्टेन्स’ भनी परिचय दिन रुचाउने आतङ्ककारीहरुको एउटा समूहले सो हत्याको दावी गरेको थियो। हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जना अपराधीहरुलाई पक्राउ गरी तिनीहरु उपर ज्यान मरेको अभियोगमा मुद्दा चलाएको थियो। यीमध्ये एकजनाको कालगतिले मृत्यु भइसकेको छ।
महान्याधिवक्ता हत्याकाण्डअघि, अन्तर्राष्ट्रिय आतङ्ककारी समूह इस्लामिक स्टेट्ससँग आवद्ध, इजिप्टको सिनाइमा अखाडा जमाउँदै आएको अन्सार बेइत अल्–मक्दिस् समूहले अदालतका फलाना फलाना न्यायाधीशमाथि आक्रमण गर्नु भनी आफ्ना समर्थकहरुका नाममा आदेश चलाउने गरेको थियो।
हत्याकाण्डमा परी मारिएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्वराष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त भएका थिए। रासस/एएफपी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












