जनकपुर–जयनगर रेल सेवाले पुर्नर्निर्माणको ४ वर्षपछि पुनर्जीवन पायो, फागुनदेखि रेलैमा सरर

धनुषा, ८ साउन । रासस देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले बताएकोे छ ।
मर्मतसम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारको पूर्ण सहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो । सन् २०१४ मा थालिएको पुनर्निर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले बताएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ ईञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।
उपाध्यायले अहिलेसम्म दुवैतर्फ स्टेशन, कार्यालय भवन, ट्र्याक बेड, भन्सार कार्यालय, कर्मचारीका लागि आवास गृह आदि निर्माण भइसकेको र अब अन्तिम कामका रुपमा लिक बिछ्याउने काम पनि धमाधम भइरहेको बताए । ५१ किलोमिटर लामो यो खण्ड सञ्चालनमा आएपछि दोस्रो विश्वयुद्धभन्दा पहिले शुरू भएको नेपालको एकमात्र रेलमार्गले पुर्नजीवन पाउनेछ ।
दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किमी लामो नयाँ खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको मन्त्रालयले जनाएको छ । यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ । बिजुलपुराबाट शुरू हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै तीन अर्ब रुपैयाँ चाहिने अनुमान छ ।
सरकारले बजेट विनियोजनमा ढिलाइ गरे पनि अब थप ढिलाइ हुन नदिने रेलमार्ग अनुगमनका लागि केही दिनअघि जनकपुर पुगेका विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताए । रेल विभागका वरिष्ठ ईञ्जिनियर प्रकाश उपाध्यायका अनुसार बिजुलपुरादेखि बर्दिवाससम्मको यो खण्ड पूर्व–पश्चिम रेलमार्गसँग जोडिने छ ।
बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानवबस्ती उठाउनुपर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












