जनकपुर–जयनगर रेल सेवाले पुर्नर्निर्माणको ४ वर्षपछि पुनर्जीवन पायो, फागुनदेखि रेलैमा सरर

धनुषा, ८ साउन । रासस देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले बताएकोे छ ।
मर्मतसम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारको पूर्ण सहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो । सन् २०१४ मा थालिएको पुनर्निर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले बताएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ ईञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।
उपाध्यायले अहिलेसम्म दुवैतर्फ स्टेशन, कार्यालय भवन, ट्र्याक बेड, भन्सार कार्यालय, कर्मचारीका लागि आवास गृह आदि निर्माण भइसकेको र अब अन्तिम कामका रुपमा लिक बिछ्याउने काम पनि धमाधम भइरहेको बताए । ५१ किलोमिटर लामो यो खण्ड सञ्चालनमा आएपछि दोस्रो विश्वयुद्धभन्दा पहिले शुरू भएको नेपालको एकमात्र रेलमार्गले पुर्नजीवन पाउनेछ ।
दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किमी लामो नयाँ खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको मन्त्रालयले जनाएको छ । यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ । बिजुलपुराबाट शुरू हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै तीन अर्ब रुपैयाँ चाहिने अनुमान छ ।
सरकारले बजेट विनियोजनमा ढिलाइ गरे पनि अब थप ढिलाइ हुन नदिने रेलमार्ग अनुगमनका लागि केही दिनअघि जनकपुर पुगेका विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताए । रेल विभागका वरिष्ठ ईञ्जिनियर प्रकाश उपाध्यायका अनुसार बिजुलपुरादेखि बर्दिवाससम्मको यो खण्ड पूर्व–पश्चिम रेलमार्गसँग जोडिने छ ।
बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानवबस्ती उठाउनुपर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












