भारतीय प्रहरी हिरासतमा एक नेपालीको ज्यान गएपछि नेपाली कामदार आन्दोलित
काठमाडौं, ९ साउन । प्रहरी हिरासतमा रहेका नेपाली युवाको मृत्यु भएको घटनापछि भारतको हिमान्चल प्रदेशमा नेपालीहरु आन्दोलित बनेका छन् । हिरासतमा मृत्यु भएको घटनाको छानविन गर्न माग गर्दै हिमान्चल प्रदेशस्थिति सिमलामा नेपालीहरु आन्दोलनमा उत्रेका हुन् । हिमान्चल प्रदेशमा रहेका १ लाख ८४ हजार कामदारमध्ये १७.५ प्रतिशत नेपाली रहेका छन् । स्याउ उत्पादकहरुले यतिबेला फसल भित्र्याउने तयारी गरिरहेको बेला नेपालीहरुले आन्दोलनमा उत्रेका हुन् ।
एक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सुरज नाम गरेका २९ वर्षीय नेपालीलाई गत साता पक्राउ गरेर हिरासतमा राखिएको थियो । उनको गत बुधबार मृत्यु भएको छ । घटनामा मुख्य अभियुक्त राजेन्द्रसँगको झगडाका क्रममा उनको मृत्यु भएको दावी प्रहरीको छ भने नेपालीहरुले चरम यातनाले मृत्यु भएको आशंका गरेका छन् । शनिबारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले यो मुद्दा हेर्न थालेको छ ।
अखिल भारतीय एकता मञ्चले निष्पक्ष अनुसन्धानको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ‘नेपालीहरुलाई यति खराब व्यवहार गरिनु दुःखद कुरा हो । हामी यहाँ आफ्नो जीविकोपार्जनका लागि आएका हौं । सुरजको गल्ती के थियो र उसलाई कसले मार्यो, सरकारले स्पष्ट बताउनुपर्छ,’ समाजका अध्यक्ष शुभ रामले भने । ‘मैले कलिलो उमेरकी सुरजकी बिधवालाई भेटेँ, उनको गल्ती के थियो ? सरकारले उनलाई क्षतिपूर्ति दिनुपर्छ र उनको जिविकाको प्रवन्ध गर्नुपर्छ,’ नेपाली एकता मञ्चका प्रमुख जोखा रामले भने ।
सरकारले यस घटनालाई निष्पक्ष छानविन नगर बगैंचामा काम गरिहेका सबै नेपालीहरुलाई आफ्नो काम रोक्न आह्वान गर्ने नेपाली नेताहरुले चेतावनी दिएका छन् । स्याउ खेतीका लागि प्रसिद्ध सिमलास्थित कोटखाईका कृषकहरु नेपालीहरुको सम्भावित आन्दोलनले त्रशित बनेका छन् । ‘कोटखाईमा बिहीबार प्रहरी चौकीमा आगजनी हुँदा आन्दोलनको अग्रपंतिमा नेपालीहरु थिए । उनीहरु साँच्चै धेरै आक्रोशित छन्,’ एक स्थानीय माली रोहित चौहानले हिन्दुस्तान टाइम्सलाई भने ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












