भारतीय प्रहरी हिरासतमा एक नेपालीको ज्यान गएपछि नेपाली कामदार आन्दोलित
काठमाडौं, ९ साउन । प्रहरी हिरासतमा रहेका नेपाली युवाको मृत्यु भएको घटनापछि भारतको हिमान्चल प्रदेशमा नेपालीहरु आन्दोलित बनेका छन् । हिरासतमा मृत्यु भएको घटनाको छानविन गर्न माग गर्दै हिमान्चल प्रदेशस्थिति सिमलामा नेपालीहरु आन्दोलनमा उत्रेका हुन् । हिमान्चल प्रदेशमा रहेका १ लाख ८४ हजार कामदारमध्ये १७.५ प्रतिशत नेपाली रहेका छन् । स्याउ उत्पादकहरुले यतिबेला फसल भित्र्याउने तयारी गरिरहेको बेला नेपालीहरुले आन्दोलनमा उत्रेका हुन् ।
एक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सुरज नाम गरेका २९ वर्षीय नेपालीलाई गत साता पक्राउ गरेर हिरासतमा राखिएको थियो । उनको गत बुधबार मृत्यु भएको छ । घटनामा मुख्य अभियुक्त राजेन्द्रसँगको झगडाका क्रममा उनको मृत्यु भएको दावी प्रहरीको छ भने नेपालीहरुले चरम यातनाले मृत्यु भएको आशंका गरेका छन् । शनिबारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले यो मुद्दा हेर्न थालेको छ ।
अखिल भारतीय एकता मञ्चले निष्पक्ष अनुसन्धानको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ‘नेपालीहरुलाई यति खराब व्यवहार गरिनु दुःखद कुरा हो । हामी यहाँ आफ्नो जीविकोपार्जनका लागि आएका हौं । सुरजको गल्ती के थियो र उसलाई कसले मार्यो, सरकारले स्पष्ट बताउनुपर्छ,’ समाजका अध्यक्ष शुभ रामले भने । ‘मैले कलिलो उमेरकी सुरजकी बिधवालाई भेटेँ, उनको गल्ती के थियो ? सरकारले उनलाई क्षतिपूर्ति दिनुपर्छ र उनको जिविकाको प्रवन्ध गर्नुपर्छ,’ नेपाली एकता मञ्चका प्रमुख जोखा रामले भने ।
सरकारले यस घटनालाई निष्पक्ष छानविन नगर बगैंचामा काम गरिहेका सबै नेपालीहरुलाई आफ्नो काम रोक्न आह्वान गर्ने नेपाली नेताहरुले चेतावनी दिएका छन् । स्याउ खेतीका लागि प्रसिद्ध सिमलास्थित कोटखाईका कृषकहरु नेपालीहरुको सम्भावित आन्दोलनले त्रशित बनेका छन् । ‘कोटखाईमा बिहीबार प्रहरी चौकीमा आगजनी हुँदा आन्दोलनको अग्रपंतिमा नेपालीहरु थिए । उनीहरु साँच्चै धेरै आक्रोशित छन्,’ एक स्थानीय माली रोहित चौहानले हिन्दुस्तान टाइम्सलाई भने ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












