जिल्ला अदालत म्याग्दीद्वारा एक वर्षमा २६६ मुद्दा फर्स्योट
म्याग्दी, १० साउन । जिल्ला अदालत म्याग्दीले गत आर्थिक वर्षमा २६६ मुद्दा फर्स्योटट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ६८ र गत वर्ष दर्ता भएका २६४ गरी कूल ३३२ मुद्दा रहेकामा २६६ वटा फस्र्योट गरेको हो । कूल मुद्दामध्ये ८० दशमलव १२ प्रतिशत मुद्दा फर्स्योट भएको जिल्ला अदालत म्याग्दीले जनाएको छ । बाँकी ६६ वटा मुद्दा चालू आवका लागि जिम्मेवारी सरेका छन् । अदालतले गत वर्ष २७६ वटा मुद्दा फस्र्योट गर्ने लक्ष्य राखेको थियो ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सबै मुद्दा फर्स्योटट भएको जिल्ला अदालत म्याग्दीका स्रस्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । सबैभन्दा बढी सम्बन्ध विच्छेदका १३० वटा मुद्दा परेकोमा ११८ वटाको फैसला भएको र चालू आवमा १२ वटा मुद्दाको जिम्मेवारी सरेको छ ।
यसैगरी तहसिलतर्फ अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका १५ र २०७३/७४ मा दर्ता भएका ३८ वटा निवेदनमध्ये ३६ वटाको फस्र्योट भएको र १७ वटाको चालू आवमा जिम्मेवारी सरेको तहसिलदार नायब सुब्बा धर्मराज सुवेदीले जानकारी दिनुभयो । फैसला कार्यान्वयनमा अदालतले लक्ष्यभन्दा बढी सफलता हासिल गरेको छ ।
गत आवमा कैदतर्फ ८१ वर्षको सजाय असुलउपर गर्ने लक्ष्य राखिएकामा ९८ वर्ष नौ महिना २२ दिन बराबरको असुल भएको छ । यसैगरी रु छ लाख ७६ हजार ५२७ जरिवाना असुलउपर गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा अदालतले रु १५ लाख १५ हजार २१६ असुल गरेको तहसिलदार सुवेदीले जानकारी दिनुभयो ।
अदालतबाट विभिन्न समयमा भएको फैसला कार्यान्वयनका लागि २९५ लगतमा दोषी ठहरिएका व्यक्तिबाट ८०९ वर्ष चार महिना १६ दिन कैद र रु ७४ लाख ४६ हजार ८२२ जरिवाना असुल गर्न बाँकी छ । फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी र साविकका गाविस कार्यालयमा लगत पठाई सहयोग माग्नुका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको स्रेस्तेदार ढुंगानाले बताउनुभयो । दोषीलाई पक्राउ गरेर ल्याउनेलाई जरिवानाको २५ प्रतिशत र कैद सजायको एक महिनाको रु १५० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था छ । रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











