भावी आइजीपिका दाबेदार एसएसपी राजेन्द्रमान श्रेष्ठलाई नियतिले ठग्यो, सरकारले बिर्सियो
काठमाडौं, १२ साउन । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा रहेको खबर आजको नयाँ पत्रिकामा छ ।
१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा पर्यो । उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा सीधै पाइप जोडेर खुवाउने गरिएको छ ।
श्रेष्ठलाई ‘लक्ड–इन सिन्ड्रोम’ भएको हो । अर्थात् उनी आफ्नोवरपर के भइरहेको छ थाहा पाउँदैनन् । ‘थोरै–थोरै प्रतिक्रिया दिन थाल्नुभएको छ,’ बुधबार प्रहरी अस्पतालमा पत्नी आरधनाले भनिन्, ‘चिन्ने मान्छे आउँदा आँखाले रेस्पोन्स गर्नुहुन्छ ।’ तातो(चिसोको पनि महसुस गर्न थालेको उनले बताइन् ।
बेहोस भएर ढल्दा उनी पूर्व क्षेत्रीय तालिम कार्यालय बिराटनगरमा कार्यरत थिए । पुलिसिङपछि खेलकुद उनको प्रिय क्षेत्र थियो । ब्याटमिन्टन, टेबुलटेनिस तथा फुटबलका प्रतिस्पर्धामा उनी नियमित भाग लिइरहन्थे । प्राय पहिलो, दोस्रो नै हुने गरेका थिए । ‘खेलकुद जितेर आउदा सधैं पार्टी दिनुहुन्थ्यो,’ आराधना सम्झिन्छिन् ।
तालिम केन्द्रमा सरुवा भएपछि पनि उनले खेलकुद गतिविधिलाई प्राथमिकतामै राखेका थिए । १५ साउनको बिहान धरानमा ब्याडमिन्टन कोर्टमै ढलेका उनी अहिलेसम्म उठ्ने संघर्षमै छन् । प्रहरीका भावी आईजिपीका एक प्रमुख दाबेदारका रुपमा मानिएका उनलाई नियतीले त ठग्यो नै, राज्यले समेत बिर्सिएको छ ।
‘बिरामी भएकै कारण प्रमोसन नै नदिएला भन्ने लागेकोे थिएन,’ आराधना भन्छिन्, ‘यसले झन् हामीलाई पीडा थपिएको छ ।’ बिरामी भएकै कारण बढुवा दिन नमिल्ने प्रावधान प्रहरी नियमावलीमा छैन । तर, गत साता १५ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्दा पनि श्रेष्ठ सूचिमा परेनन् । श्रेष्ठ बढुवामा छुटेपछि उनका परिवार र आफन्त दुःखी छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












