जनार्दनजस्तै इन्ट्री मार्दै उर्जामन्त्री महेन्द्र शाही भन्छन्, ‘मर्न तयार हुनुस् नभए राजिनामा गर्नुस्’
काठमाडौं, १२ साउन । नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नडराएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्कम कार्यक्रममा मन्त्री शाहीले यसअघिका उर्जामन्त्री जनार्दन शर्माको जस्तैगरी इन्ट्री मारेका छन् । उनले कर्मचारी निर्देशन दिदैं भने, ‘काम गर्दै जाँदा मुद्धा पर्ला र जेल जानु पर्ला भनेर नडराउनुस्,’ मन्त्री शाहीले भने, ‘देशका लागि अब मर्न पनि तयार हुनुस्’ मन्त्री शाहीले भने ।
उनले आफ्नो घर निर्माण गर्ने क्रममा जेल जानुपर्यो भने त्यो घृणित कार्य भएपनि राष्ट्र निर्माणमा जेल जानुपर्यो भने त्यो गौरबको विषय भएको बताएका थिए । मन्त्री शाहीले लामो समय विद्युत आयोजनाहरु अघि बढाउन रोकेर फाइदा लिने तत्व अहिले पनि देशमा सक्रिय रहेको भन्दै कर्मचारीहरुलाई खुट्टा नकमाउन निर्देशन दिए ।
‘खुट्टा कमाउनुहुन्छ भने आजै राजीनामा दिनुस्, रिटायर्ड हुनुस् । तर, काम गर्ने आँट छ भने अब म तपाईहरुको साथमा छु’ उनले भने । आउँदो हिउँदमा बिद्युत आपुर्ति सहज गराउनका लागि लोड म्यानेजका साथै चुहावट घटाउन पर्ने मन्त्री शाहीले बताए । प्राबिधिक चुहावट नियन्त्रण तत्काल अघि बढाउने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












