कोटेश्वरमा ६ लेनको सडक हुँदा पनि यतिधेरै ट्राफिक जाम किन ?
काठमाडौं, १३ साउन । काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान-बेलुकी कार्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ६ लेनको सडकखण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन् ।
ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५१ जना ट्राफिक प्रहरी खटाएको छ । तापनि, जाम भने जस्ताको त्यस्तै रहेको सवारीचालकदेखि यात्रुसम्म बताउँछन् । जामको मुख्य कारण कोटेश्वरबाट धुलिखेल-सिन्धुली-बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारीसाधन हुन् । बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वरको ‘रुट परमिट’ दिइएको छ । महाशाखाका अनुसार ४० रुटका सवारीसाधन कोटेश्वर रुट भएर चल्छन् । तर, कोटेश्वरमा सवारी पार्किङ वा बसपार्क छैन । लामो दूरीका सवारीसाधनसमेत सबैले सडकमै पार्किङ गर्छन् ।
महाशाखाले यातायात व्यवस्था विभागको समन्वयमा लामो रुटका बसलाई गोंगबु बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरायो । तर, उक्त निर्णय अझै पूर्ण कार्यान्वयन भएको छैन । लामो दूरीका बस चाबहिल, गौशाला, साँखु, जोरपाटीबाट अहिले पनि चलिरहेका छन् । यी सबै सवारीसाधन कोटेश्वर भएरै गुड्छन् ।
पछिल्लो समय कोटेश्वरमा सवारी चाप पहिलेभन्दा दोब्बर भएको छ । काठमाडौं भित्रिने अर्को प्रमुख नाका नागढुंगा हो । तथ्यांक हेर्दा पछिल्लो समय नागढुंगाभन्दा कोटेश्वरबाट भित्रिने र बाहिरिने सवारीसाधनको संख्या दोब्बरजस्तै बढेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले कोटेश्वरमा ट्राफिक जाम बढ्नुको मुख्य कारण सवारीसाधनको बढ्दो चाप भएको बताए । उनले भने, ‘कोटेश्वरमा ट्राफिक जाम बढेको यथार्थ हो, म आफैं पनि त्यसको एउटा भुक्तभोगी हुँ । जाम व्यवस्थापन गराउन कोटेश्वरबाहिर पूर्वतिर एउटा पार्किङ बनाउने गृहकार्यमा जुटेका छौं । फ्लाइओभर बनाउन सके अहिलेको समस्या समाधान हुन्थ्यो ।’ पाण्डेले ट्राफिक जाम व्यवस्थापन गराउनकै लागि ‘अफिस आवर’मा कोटेश्वर रुटमा ट्रक, टिपर चलाउन बन्द गरिएको बताए । जथाभावी रुट वितरण सम्बन्धमा भने उनले केही बताउन चाहेनन्।
ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले सवारीसाधनलाई जथाभावी रुट परमिट दिएकै कारण जाम बढेको आरोप लगाए । उनले भने, ‘अवैज्ञानिक रूपमा वितरण गरिएको रुट परमिटले सवारी चाप बढेको देखिन्छ, त्यसलाई व्यवस्थित गराउन सबैभन्दा पहिले यातायात व्यवस्था विभागको ध्यान जान आवश्यक छ ।’
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











