कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन
वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको घाँटी (थ्रोट स्वाव) को नमूना संकलन गरेको हो ।
“हामीले यहाँ आउँदा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लागेका केही बिरामीको नमूना संकलन गरेका छौँ”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भन्नुभयो, “संकलन गरिएको नमूनालाई काठमाडौँ पुर्याएर प्रयोगशालामा परीक्षण गरेर दुईदेखि तीन दिनमा रिपोर्ट बाहिर आउने छ ।” जनस्वास्थ्यको टोलीले नमूना संकलन गर्नुकासाथै समुदायमा पुगेर अन्तरक्रिया गरेको छ । पशुुस्वास्थ्यको टोलीले यहाँका सुँगुर, बंगुरको पनि नमूना संकलन गरी परीक्षण गर्ने तयारीमा रहेको बताएको छ ।
यो रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने जनस्वास्थ्य अधिकृत लामिछानेले बताउनुभयो । वालिङ तथा आसपासका बासिन्दा त्रसित भएपछि टोलटोलमा गएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुकासाथै सर्वसाधारणलाई नआत्तिन र सजग रहन आग्रह गरिएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












