भोजपुरका ३ बालबालिका हत्या प्रकरण रहस्यमय बन्दै, सीआइबीद्धारा अनुसन्धान सुरु
भोजपुर, १५ साउन । एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । अरुण गाउँपालिका ३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको थियो । उक्त हत्या विषयमा एक महिना वित्दापनि प्रहरीले गरिरहेको अनुसन्धानमा कुनै उपलब्धि हात नपरेपछि सिआईबीले अनुसन्धान सुरु गरेको हो ।
प्रहरीको अनुसन्धानको गति सुस्त भएपछि चौतर्फी बिरोध हुन थालेको थियो । बिरोधपछि शनिबारदेखि सीआईबीले अनुसन्धान सुरु गरेको हो । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
असार १० गते घरबाट हराएका बालबालिकाहरुको १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा शव भेटिएको थियो । घटना लगत्तै जिल्ला र विराटनगरस्थित क्षेत्रीय प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरे पनि लामो समयसम्म घटना रहस्यमय नै रहनुमा स्थानीय र सरोकारवालाले विरोध जनाइरहेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई चाँडो कानुनको दायरामा ल्याउन राजकुमार खत्रीको संयोजकत्वमा स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उनीहरुले दबावस्वरुप विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।
प्याउलीमा गत असार १२ गते बिहान स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए । शवको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार तीनै जना बालबालिकाको घाँटीमा बिषसहितको चुइङगम अड्किएको पाइएको थियो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












