अपराध तथ्यांकः एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार, दैनिक १४ जनाले गर्छन आत्महत्या
काठमाडौं, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन्। गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो। आर्थिक वर्ष ०७२/७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए। आजको नयाँ पत्रिकामा खबर छ ।
हत्या र बलात्कारका घटना बढे
गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ। त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन्। अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो। त्यस्तै, बलात्कारका घटना पनि बढेका छन्। यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन्। अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए। यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ। त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन्।
‘अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न मिल्दैन’
प्रहरी प्रवक्ता एसएसपी पुष्कर कार्की भने अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने बताउँछन्। ‘अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले संख्या बढेको हुन सक्छ,’ कार्की भन्छन्, ‘शान्ति सुरक्षा भनेको तथ्यांकभन्दा पनि अनुभूत गर्ने कुरा हो।’ तर, आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको उनले बताए। ‘गृहमन्त्रीज्यूकै निर्देशअनुसार अब परफर्मेन्स कन्ट्राक्स गरेर प्रहरीलाई सरुवा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘शान्ति सुरक्षालाई अझ बलियो बनाउन गृहमन्त्री र प्रमुखज्यूबाट पहल भइरहेको छ।’
एक प्रहरी अधिकारीले भने गत आर्थिक वर्ष प्रहरीमा भएको राजनीतिक हस्तक्षेप र गुटबन्दी पनि अपराध बढ्नुको एक कारण भएको बताउँछन्। ‘खराब आचरण र कार्यक्षमतामा कमजोरहरूले महत्वपूर्ण कार्यालयको जिम्मेवारी पाए,’ ती प्रहरी अधिकारी भन्छन्, ‘संगठन नै कमजोर बनेपछि शान्ति सुरक्षामा त्यसको असर देखिएको हो।’
हरेक दिन १४ जनाले गर्छन् आत्महत्या
पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन्। एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन्। आर्थिक वर्ष ०७२/७३ मा चार हजार ६ सय ७३ र ०७१/७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए। गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन्।
नेपाल विश्वमै धेरै आत्महत्या गर्ने देशको सूचीमा छ। गरिबी, डिप्रेसनको समयमा उपचार नहुनु र पारिवारिक कलहका कारण धेरै आत्महत्याका घटना हुने गरेका छन्। त्यस्तै, प्रेम तथा पढाइमा असफलता तथा गम्भीर रोगका कारण पनि केहीले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












