अपराध तथ्यांकः एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार, दैनिक १४ जनाले गर्छन आत्महत्या
काठमाडौं, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन्। गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो। आर्थिक वर्ष ०७२/७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए। आजको नयाँ पत्रिकामा खबर छ ।
हत्या र बलात्कारका घटना बढे
गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ। त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन्। अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो। त्यस्तै, बलात्कारका घटना पनि बढेका छन्। यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन्। अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए। यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ। त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन्।
‘अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न मिल्दैन’
प्रहरी प्रवक्ता एसएसपी पुष्कर कार्की भने अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने बताउँछन्। ‘अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले संख्या बढेको हुन सक्छ,’ कार्की भन्छन्, ‘शान्ति सुरक्षा भनेको तथ्यांकभन्दा पनि अनुभूत गर्ने कुरा हो।’ तर, आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको उनले बताए। ‘गृहमन्त्रीज्यूकै निर्देशअनुसार अब परफर्मेन्स कन्ट्राक्स गरेर प्रहरीलाई सरुवा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘शान्ति सुरक्षालाई अझ बलियो बनाउन गृहमन्त्री र प्रमुखज्यूबाट पहल भइरहेको छ।’
एक प्रहरी अधिकारीले भने गत आर्थिक वर्ष प्रहरीमा भएको राजनीतिक हस्तक्षेप र गुटबन्दी पनि अपराध बढ्नुको एक कारण भएको बताउँछन्। ‘खराब आचरण र कार्यक्षमतामा कमजोरहरूले महत्वपूर्ण कार्यालयको जिम्मेवारी पाए,’ ती प्रहरी अधिकारी भन्छन्, ‘संगठन नै कमजोर बनेपछि शान्ति सुरक्षामा त्यसको असर देखिएको हो।’
हरेक दिन १४ जनाले गर्छन् आत्महत्या
पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन्। एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन्। आर्थिक वर्ष ०७२/७३ मा चार हजार ६ सय ७३ र ०७१/७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए। गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन्।
नेपाल विश्वमै धेरै आत्महत्या गर्ने देशको सूचीमा छ। गरिबी, डिप्रेसनको समयमा उपचार नहुनु र पारिवारिक कलहका कारण धेरै आत्महत्याका घटना हुने गरेका छन्। त्यस्तै, प्रेम तथा पढाइमा असफलता तथा गम्भीर रोगका कारण पनि केहीले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












