हेलिकोप्टर चढेर सडक अनुगमन गर्न गएका प्रधानमन्त्रीको रिसोर्टमा बसेर निर्देशन ‘काम छिटो सक्नु’
चितवन, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टर चढेर मुग्लिन–नारायणगढ सडकको अनुगमनमा निस्किएका छन् । सर्वसाधारण मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक कहालीलाग्दो यात्रा गर्न यात्रु बाध्य रहेका बेला देउवा हवाई मार्ग हुँदै अनुगमनमा निस्किएका हुन् ।
राजमार्गबाट ‘मृत्युमार्ग’मा परिणत भइरहेको खडकको अनुगमनका लागि बुधबार प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट गएका हुन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार नै प्रधानमन्त्री देउवा बुधबार सडकखण्डको अवलोकनमा पुगेका थिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर, पूर्व रक्षामन्त्री बालकृष्ण खाँणसहितको टोली लगेर देउवाले अनुगमन गर्नुका साथै सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । देउवाको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र सचिवालयका केही सदस्य समेत थिए।
सडक अनुगमनमा निस्किएका देउवा सेनाको हेलिकोप्टरमा दियालो बंगलामा ल्याण्ड गरे। अनि, दासढुंगा पुगे। दासढुंगा पुगेका प्रधानमन्त्रीले सवैभन्दा बढी पहिरो प्रभावित क्षेत्र कालीखोलामा जाने बेला सुरक्षाका कारण भन्दै सुरक्षाकर्मीले रोके। र त्यसपछि प्रधानमन्त्री दासढुंगाकै प्रेसिडेन्सी रिसोर्टमा लागे । त्यहाँ सडक विभाग र आयोजना कार्यालयद्वारा कार्यक्रमको तयारी नै थियो।
प्रधानमन्त्री देउवाले सोही स्थानबाट सडक अनुगमन कार्यक्रममा निर्माणको चाँडो सक्न निर्देशन दिए । सरोकारवाला निकायलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने ‘चाडोभन्दा चाडो सडक निर्माणको काम सक्नु।’ डेढ वर्षदेखि मुग्लिन नारायणगढ सडकखण्डमा यात्रुलाई सास्ती छ। कहिले एकतर्फी रुपमा यात्रा गराइने गरिएको छ।
कहिले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। लामो समयदेखि सडक विस्तारको काम भए पनि लक्ष्य अनुसार प्रगति भएको छैन। अहिले दैनिक १२ घण्टा काम भईरहेको छ । रातिको समयमा उज्यालोको व्यवस्था गरेर सडक निर्माण कार्य भईरहको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











