अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर मर्नेको संख्या ३ पुग्यो
बाग्लुङ, २० साउन । अविरल वर्षापछि आएको पहिरोमा पुरिएको मर्नेको संख्या तीन पुगेको छ । लगातारको वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका ३ जनाको ज्यान गएको हो । तीन घर पुरिएर तीन जनाको ज्यान गएको छ भने पहिरोमा पुरिएर एकै घरका ४ जना वेपत्ता भएका छन् ।
६३ वर्षीया नन्दकली छन्त्याल र उनकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको ज्यान गएको प्रहरीले जनाएको छ। छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन्। घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए।
यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ। उनकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन्। लालबहादुर सिँजालीकी अन्दाजी ६५ वर्षीया आमा (नाम खुल्न नसकेको) बेपत्ता भएको प्रहरीले जनाएको छ।
भीषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिरोले धनजनको क्षति पुर्याएको हो। ‘जिल्लाको पश्चिम भेगका थुप्रै ठाउँमा पहिरो गएको छ’, उपरीक्षक खापुङले भने ‘घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ।’
कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटेको जनाइएको छ। गत वर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको थियो। घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी खटाएको जनाइएको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












