विगत १ वर्षदेखि बिरामी रहेका एसएसपी श्रेष्ठलाई डिआइजीमा बढुवा गर्ने तयारी

काठमाडौं, २३ साउन । विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ । डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो। श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए।
आफ्नो ब्याचमा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ बिरामी भएकै कारण बढुवामा छुटेका थिए । गत ३१ असारमा बढुवा समितिले १५ जना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गर्दा उनको नाम छुटाएको थियो। बिरामी भएकै कारण बढुवाबाट वञ्चित गरिएको भन्दै विरोध भएको थियो।
१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए। मुटुका धड्कन बन्द हुँदा त्यसको असर उनको मस्तिष्कमा परेको खबर आजको नयाँ पत्रिकामा छ । उनको अहिले पनि उपचार भइरहेको छ। मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन्। शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन्। प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा पाइप जोडेर खुवाउने गरिएको छ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











