जुम्लाका एलडीओेसहित १३७ कर्मचारी छड्केमा, तीन कर्मचारी अग्रिम हाजिर गरेर हिँडे

जुम्ला, २३ साउन । जुम्लाका १३७ जना कर्मचारी छड्के जाँचमा परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको छड्के अनुगमनमा अनुपस्थित भएका १३७ कर्मचारी उनीहरु संलग्न कार्यालयलाई स्पष्टीकरण सोधिएको छ ।
प्रशासनले गरेको अनुगमनमा के कति कारणले कर्मचारी अनुपस्थित भएका हुन् त्यस विषयमा जानकारी दिन कार्यालय र कर्मचारीलाई स्पष्टीकरणको लागि लिखित पत्र पठाइएको हो । जिल्ला प्रशासन कार्यालयले गएको १९ गते गरेको छड्के अनुगमनमा १७ वटा सरकारी कार्यालय हाजिरी छड्केमा परेको र १३७ जना कर्मचारी अनुपस्थित रहेको देखिएकाले सम्बन्धित सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरुलाई स्पष्टिकरण पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
कर्मचारी जिल्ला बाहिर रहेको व्यापक गुनासो आएकाले अनुगमन गरिएको उनले बताए । छड्केमा स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे र जिल्ला ईन्जिनियर राजकुमार गोइतसहित जिल्लाका १३७ कर्मचारी रहेका छन् । यसैगरी ३ जनाका कर्मचारीले अग्रिमनै हाजिर गरेको भेटिएको छ । अग्रिम नै हाजिर गर्ने कर्मचारीलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












