प्रहरी ‘इन्काउन्टर’को नाममा गोली चलाउँछ, सीमानामा भारतीयले गोली चलाउँदा के हेरेर बस्छ ?
काठमाडौं, २४ साउन । सोमबार दिउँसो प्रहरीको गोली लागेर ललितपुरमा एक व्यक्तिको ज्यान गयो । लागुऔषध कारोबारी भएको आरोपमा ललितपुर–१३ कुसुन्तीका ३२ वर्षीय प्रविण खत्रीले प्रहरीको गाली लागेर ज्यान गुमाउनुपर्यो । यो घटनालाई प्रहरीले आफ्नो भाषामा इन्काउन्टरको संज्ञा दियो ।
घटना घट्ने विक्तिकै प्रहरीले यसलाई जवाफी कारवाहीमा मारिएको बतायो । तर प्रहरी उच्च अधिकारीहरुसँग कुरा मिलाएर उक्त घटनालाई सुसाईट भन्यो । सुरुमा प्रहरीले यो घटनालाई घरको दुई तलाबाट हाम फालेर प्रहरीमाथि नै गोली प्रहार गरेर भाग्न खोजेपछि जवाफी गोली प्रहार गर्दा उनी मारिएको दाबी गरेको थियो । तर केही समयपछि भने खत्री आफैले कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेको प्रहरीले अर्को बयान दियो । प्रहरीका अनुसार खत्री लागूऔषधका कारोबारी हुन्।
प्रहरीको इन्काउन्टरमा मारिएका खत्रीका बाबु प्रमोद खत्रीले भने प्रहरीले सिधै घरमा आएर गोली हानेको आरोप लगाए । अपराधी नै भएपनि प्रहरीले पक्राउ गरेर जेल हाल्नु पर्नेमा छोरालाई सिधै गोली हानेको आरोप लगाए । भावविहल अवस्थामा रहेका प्रमोद आक्रोशित हुँदै प्रश्न गरे, सिधै घरमा आएर गोली हानियो । घरभित्र पसेर गोली हानेर मान्छे मार्ने पुलिसलाई कसले अधिकार दिएको छ ?’ उनले कसैलाई मार्ने अधिकार प्रहरीलाई नभएको भन्दै गुनासो गरे।
मृतक खत्रीका काकाले पनि अपराधी नै भएपनि जेल हाल्नु पर्नेमा प्रहरीले गोली हानेर हत्या गरेको भन्दै आक्रोश पोखे । ‘मान्छे मार्नलाई प्रहरी बनाएको होइन। प्रहरीको काम सुरक्षा दिने हो मान्छे मार्ने होइन,’ उनले आक्रोशित हुँदै भने। उनले सीमामा भारतीयहरुले गोली हान्दा प्रहरी किन हेरेर बस्छ भन्ने प्रश्न पनि गरे । ‘भारतीयले आक्रमण गर्दा तमाशा हेरेर बस्ने प्रहरी हामीजस्ता निरीह जनतालाई गोली हान्न राख्या हो ?,’ उनको प्रश्न छ ।
उनले कसैले गल्ती काम गरेको भए जेल हालेर सजाय दिनु पर्ने ठाउँमा अपराधीको नाममा गोली हानिएको आरोप लगाए। ‘कुनै अपराधी नै भए पनि गोली हान्न पाइँदैन् । घरमा सिधै पुलिस छिर्न पाउँदैन। इन्काउन्टर भन्ने कहाँ हो गोली हान्ने। प्रविनको कन्टचमा हानिएको छ गोली,’ उनले भने ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











