कास्कीको माछापुच्छ्रे ५ रिभान पाथेगाउँमा गएराति भिषण पहिरो जाँदा ११ घर पुरिए
कास्की, २५ साउन । कास्कीमा पहिरो जाँदा ११ घर विस्थापित छन् । माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा पहिरो जाँदा ११ घर विस्थापित भएका हुन् । गएराति करिब ९ बजेतिर गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा त्यहाँ रहेका १३ घरमध्ये ११ घरमा क्षति पुगेको हो ।
पहिरोले देवीलाल लामिछाने, दिननाथ पौडेल, नरबहादुर विश्वकर्मा, काजी विश्वकर्मा, जंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने र प्रेमबहादुर विश्वकर्माको घरमा क्षति पुगेको छ । राति भागेर ज्यान जोगाएका उनीहरुले छिमेकी गाउँमा रात बिताएका थिए । अहिले भने नजिकैको चौरमा आफूहरु बसिरहेका विस्थापितहरुले जनाएका छन् ।
पहिरोले घर बस्न नहुनेगरी भत्काएको छ । घरको छाना, गाह्रो केही पनि बाँकी रहेको छै्रन् । पहिरोले मानवीय क्षति नभए पनि गाईभैंसी पुरेको तथा स्थानीय सरस्वती मन्दिर, माछापोखरी, पोल्ट्री फार्म तथा एक्यापको नर्सरी पुरेको छ ।
रिभानमा अहिलेपनि पानी परिरहेकाले बिस्थापितहरु मानवीय संकटमा परेका छन् । पहिरो गएर ११ घर बिस्थापित भएको खबर प्रहरीलाई गरे पनि नजिकको रिभानको खहरेखोला बढेर तर्न नसकेकाले प्रहरी, उद्धारकर्ता र रेडक्रस पुग्न सकेको छैन ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











