५० भन्दा बढी पुल उच्च जोखिममा, राष्ट्रिय राजमार्गका पुलको आयू सकिँदै
काठमाडौं, ३० काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा रहेको खबर अन्नपूर्णपोस्ट दैनिकमा छ ।
सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए ।
महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल-नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा-नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् ।
रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा पनि बाढीले ल्याएको रूख तथा अन्य अवरोध देखापरेको छ । पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध आएको छ । पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध छ ।
विभागका अनुसार झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध छ । दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ ।
दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति पुगेको छ । पूर्व-पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध छ । यही सडक ढाबर खोलाले क्षति पुगेको छ । रौतहटमा पनि एक कल्भर्ट बाढीले बगाएको छ । मोरङमा सडक अवरुद्ध छ । महोत्तरीको गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक नै काटेका कारण पनि यातायात अवरुद्ध छ ।
महेन्द्र राजमार्गमा मात्र ३४ वटा पुल नयाँ बनाउन विश्व बैंकमार्फत आवश्यक रकमको जोहो गर्न लागिएको छ । उक्त सडकमा १५ अर्ब खर्च गरेर भएका पुल विस्थापन गरी नयाँ बनाउनुपर्ने भएको छ । सडकको चौडाइ नौ मिटर रहेको तर पुल भने जम्मा पाँच मिटरको मात्र भएको, जोखिममा परेका र यसअघि विस्थापन गर्ने भनेर तयारी भएका पुल नयाँ बनाउनुपर्नेछन् ।
६ सय पुल जोखिममा
सरकारले निर्माण गरेका २२ सय पुलमध्ये ६ सयवटा पुल जोखिममा परेका छन् । हालसम्म निर्माण भएका पुलको सरदर आयु ५० वर्ष भएको र देशभर ६ सयभन्दा बढी पुल ४० वर्ष पुगिसकेकाले जोखिममा रहेको सडक विभागको मर्मत महाशाखा प्रमुख सरोज प्रधानले बताए । जोखिम बढ्दै गएका यस्ता पुल पूर्व-पश्चिम राजमार्ग, अरनिको, सिद्धार्थसहित देशभरका सडकमा छन् ।
Comments
अरु समाचार
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











