प्रधानमन्त्री र मन्त्रीहरु चाउँचाउँ बिस्कुटसहितका राहत सामाग्री बोकेर बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाँदै
काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जादैँछन् । मध्य र पुर्बि तराइ क्षेत्रको स्थलगत अवलोकनमा जान लागेका हुन् । बाढी पीडितका लागि राहत सामाग्रीसहित प्रधानमन्त्री र गृहमन्त्री मध्यान्ह १२ बजे स्थलगत अवलोकनमा निस्कन लागेका हुन् ।
बिपद ब्यवस्थापनको दोस्रो चरण अन्तर्गत बाढी तथा पहिरो पीडितका लागि राहत सामाग्री वितरण गरिने भएको छ । राहत खाधान्न (ड्राइफुड) र पानी बोकेर हेटौडाबाट केही बेरमा नेपाली सेनाको हेलिकोप्टर रौतहतको गौर र गरुडा जाँनेछ ।
प्रभावित सबै जिल्लामा पनि प्रभावितलार्इ आज बिहानैदेखि सरकारी तथा निजी क्षेत्रका ट्रकमार्फत र जान नसकिने स्थानमा हेलि मार्फत खाधान्न (ड्राइफुड) र पानी बितरण गरिने गृहमन्त्रालयले जनाएको छ ।
त्यसको लागि जिल्ला प्रशासन कार्यालयहरु झापा, मकवानपुर, बाँके, चितवनले खाद्यान्न प्याकिङ्ग गरिरहेका छन् । खाद्यान्नको लागि भन्दै गृह मन्त्रालयले १ करोड ९८ लाख रकम जिल्लामा पठाइसकेको छ ।
खाद्यान्न, राहत, थप खोज, क्षति मुल्याङकन तथा प्रतक्ष्य अवलोकनका लागि सबै मन्त्रालयका मन्त्री (एक टिममा कम्तीमा ३ जना) पर्ने गरि ६ वटा टिम प्रभावित क्षेत्रहरुमा जाँदैछन् । उनीहरु पनि साथमा राहत समाग्री पनि लिएर जानेछन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












