दाउन्नेमा मालवाहक ट्रक फसेपछि पूर्व–पश्चिम राजमार्ग पुनः अबरुद्ध
नवलपरासी, ३० साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
गए रातिबाट अवरुद्ध सडक बिहानबाट ट्रक पन्छाउने काम भइरहेको छ । हिलाम्य सडक भएका कारण समस्या भएको छ । प्रजिअ मगरले भने, ‘यद्यपि, ट्रक पन्छाएर अवरुद्ध सडक सञ्चालन गर्ने तयारी छौं ।’ शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आइतबार दिउँसो १ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आए पनि गए राति ९ बजेबाट सडकमा ट्रक फसेका कारण पुनः अवरुद्ध बनेको हो ।
दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररूपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि लगातार तिन दिन सम्म सडक अवरुद्ध बनेको थियो । भासिएको सडकमा तत्कालका लागि मर्मत सम्भार गरिएको छ । अझै पनि सामान्य वर्षा भइरहेका कारण दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै भएकाले वर्षा रोकियो र पहिरो नखसे बल्ल सहज रुपमा सडक सञ्चालन हुने अवस्था देखिन्छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












