बाँचुन्जेल सँगै रमाएका बाजे र दुई नातिको मरेपछि पनि एउटै चितामा दाहसंस्कार

सुर्खेत, ३२ साउन । उनीहरू एउटै थालमा भात खान्थे । फुर्सदमा तीनै जना बाजे–नाति मिलेर रमाइलो पनि गर्थे । दौंतरीजस्ता बाजेनाति प्रायः एउटै ओछ्यानमा सुत्थे । बाँचुन्जेल तीनै जना सँगै रमाए । मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो । मध्यरातमा पहिरोले घरबगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिंह बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो । खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरेका हुन् । मृतक गुमानसिंहका माइला र कान्छा छोरा कर्णबहादुर र धनबहादुर बुढाले दागबत्ती दिएका थिए । लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिबार राति उनीहरूको मृत्यु भएको थियो ।
मृतक किशोरका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते छिन् । बाँचुन्जेलसँगै रमाएका बाजेनातिको एउटै चितामा दाहसंस्कार गरिँदा गाउँले भक्कानिएका थिए ।
पहिरोले घर बगाउन थालेपछि विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए । तर, ८३ वर्षीय बाजे गुमानसिं घरभित्रै थिए । फेरि घरभित्र नछिरेको भए विक्रम र शरण बच्थे । तर, उनीहरूले बाजेलाई एक्लै छाड्न मानेनन् । पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन भ्याएनन् । बाजेको मायाले घरभित्र पसेका उनीहरूको प्राण बाजेसँगै त्यागे ।
काखबाट दुई भाइ छोरा गुमेपछि द्रुपदाको आँखा ओभाएको छैन । पहिरो आएपछि छोरासहित उनी घरबाहिर निस्किएकी थिइन् । तर, छोराहरू बाजेलाई बचाउन भन्दै घरभित्र पसे । हेर्दाहेर्दै घर पहिरोले लग्यो । छोराहरू गुमाउँदाको पीडाले उनलाई भतभती पोलिरहेकोे छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












