बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा नेपालगञ्जमा, सम्बद्ध अधिकारीलाई तीन बुँदे निर्देशन
बाँके, १ भदौ । बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्ज पुगेका छन् । प्रधानमन्त्री देउवाले बाँके, बर्दिया, दाङ्ग र कैलालीमा बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन नेपालगञ्ज पुगेका हुन् । बाढी प्रभावितको अवस्थाबारे प्रधानमन्त्री देउवाले सम्बद्ध अधिकारीहरुलाई तीन बुँदे निर्देशन दिएका छन् ।
देउवाले बाढीप्रभावित क्षेत्रको उद्धारमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीलाई ३ बुँदे निर्देशन दिएका हुन् । उनले बाढी र डुबानमा फसेका नागरिकको उद्धार कार्यलाई थप तीव्रता दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् । त्यस्तै उद्धार गरिएका नागरिकको स्वस्थ्य उपचार र आपतकालीन राहतमा कुनै कमी बाँकी नराख्न भनेका छन् । उद्धार गरिएका नागरिकको अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न देउवाले सम्बद्ध अधिकारीलाई भनेका छन् ।
प्रधानमन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके, बर्दिया, कैलाली र दाङमा बाढीले प्रभाव पारेका क्षेत्रको निरीक्षण गर्नेछन् । प्रधानमन्त्री देउवाले बाँकेको फत्तेपुर, बर्दियाको गुलेरियार बनियाभार, कैलालीको टिकापुर लगायतका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको साथमा सिचाईं मन्त्री सञ्जयकुमार गौतम पनि रहेका छन् ।
Comments
अरु समाचार
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











