दक्षिण एसियामा बाढी पहिरोका कारण एक महिनामा ६ सयको मृत्यु, लाखौं मानिस विस्थापित

काठमाडौं, ३ भदौं । दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन्। बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या लाखौँ रहेको छ।
बर्षापछि विपद्मा फसेका व्यक्तिको उद्दार तथा उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम भइरहेको छ । अगस्तको दोस्रो सातादेखि बाढी र पहिरो जान थालेको हो। मनसुनी बर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा व्यापक क्षति पुर्याएको बताइएको छ।
अधिकारीले बाढी प्रभावित भारतीय उत्तर प्रदेशका दुई जिल्लामा सयौँ गाउँहरूमा डुवान भएपछि उद्दारका लागि सेनाको सहयोग मागेका छन्। उक्त राज्यका ७५ जिल्लामध्ये ३३ जिल्लामा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ।
हामीले प्रभावित नागरिकलाई सहयोग पुर्याउन सेनाको सहयोग माग गरेका छौं, उत्तर प्रदेशका विपद् व्यवस्थापन अधिकारी टि पी गुप्ताले जानकारी दिए । उत्तर प्रदेशमा एक लाख नागरिक पूर्ण तथा आंशिक रूपमा विस्थापित भएका छन् भने करिब २० लाख व्यक्ति प्रभावित बनेका छन्। भारतको बढी प्रभावित मानिएको बिहार राज्यमा १५३ जनाको मृत्यु भएको छ। यो बिहारमा सन् २००८ पछि भएको सवैभन्दा घातक प्राकृतिक विपद भएको भारतीय अधिकारीले बताएका छन्।
बिहारमा झण्डै चार लाख मानिस शिविरमा बस्न बाध्य भएका छन् भने १० लाखभन्दा बढी प्रभावित बनेका छन्। बिहारमा पाँच हजार आकस्मिक सेवा प्रदायक अधिकारी तथा दुई हजार सेना परिचालित गरिएको उच्च विपद व्यवस्थापन निकायका अधिकारी अनिरुद्ध कूमारले बताए। बिहारमा एक हजार ३०० भन्दा बढी शिविर बनाई सेवा दिइराखिएको कूमारले बताए।
बिहार र उत्तर प्रदेश नेपालको सीमा क्षेत्रमा रहेका भारतीय भूमी हुन्। भारतको दुई करोड असी लाख जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या प्रभाविलत वनेको छ। संयुक्त राष्ट्रसङ्घले गत १५ बर्ष यता भारतमा सवैभन्दा बढी डुवानको समस्या भएको बताएको छ।
भारतको पूर्वीक्षेत्रमा रहेको आसाममा पनि बाढीका कारण ६० जनाको मृत्यु भएको छ भने करिब चार लाख २५ हजार मानिस राहत केन्द्रमा बस्न बाध्य भएका छन् । बाढीका कारण रेलसेवा विगत छ दिनदेखि अवरुद्ध भएको छ। पश्चिम बङ्गालमा पनि ५२ जनाको बाढी तथा डुवानका कारण मृत्यु भएको छ भने दश लाख मानिस प्रभावित बनेका छन्। भारतको गुजरात क्षेत्रमा आएको बाढीका कारण मनसुनको शुरुमा नै ३५० जनाको मृत्यु भएको थियो।
त्यसैगरी बङ्गलादेशमा एक सय व्यक्तिको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी जनसङ्ख्या विस्तपित बनेको छ। बाढीका कारण नेपालमा पनि ठूलो माववीय क्षति भएको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण गम्भीर किसिमको खाद्यान्न अभाव देखिने गरेको छ।
अन्तरर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी, एसिया प्रशान्त क्षेत्रका उप क्षेत्रीय निर्देशक मार्टिन फलरले नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण खाद्यान्न अभाव देखिने र यसका कारण ठूलो जनसङ्ख्यामा गम्भीर सङ्कट निम्तिन गरेको बताए। असुरक्षित बस्तीका कारण दक्षिण एसियामा पहिरोमा परी सयौँ मानिसले ज्यान गुमाउने गर्छन् बाढी तथा डुवानका कारण बर्सेनी लाखौँ मानिस प्रधावित हुने गर्छन्। रासस/एएफपी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












