दक्षिण एसियामा बाढी पहिरोका कारण एक महिनामा ६ सयको मृत्यु, लाखौं मानिस विस्थापित

काठमाडौं, ३ भदौं । दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन्। बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या लाखौँ रहेको छ।
बर्षापछि विपद्मा फसेका व्यक्तिको उद्दार तथा उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम भइरहेको छ । अगस्तको दोस्रो सातादेखि बाढी र पहिरो जान थालेको हो। मनसुनी बर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा व्यापक क्षति पुर्याएको बताइएको छ।
अधिकारीले बाढी प्रभावित भारतीय उत्तर प्रदेशका दुई जिल्लामा सयौँ गाउँहरूमा डुवान भएपछि उद्दारका लागि सेनाको सहयोग मागेका छन्। उक्त राज्यका ७५ जिल्लामध्ये ३३ जिल्लामा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ।
हामीले प्रभावित नागरिकलाई सहयोग पुर्याउन सेनाको सहयोग माग गरेका छौं, उत्तर प्रदेशका विपद् व्यवस्थापन अधिकारी टि पी गुप्ताले जानकारी दिए । उत्तर प्रदेशमा एक लाख नागरिक पूर्ण तथा आंशिक रूपमा विस्थापित भएका छन् भने करिब २० लाख व्यक्ति प्रभावित बनेका छन्। भारतको बढी प्रभावित मानिएको बिहार राज्यमा १५३ जनाको मृत्यु भएको छ। यो बिहारमा सन् २००८ पछि भएको सवैभन्दा घातक प्राकृतिक विपद भएको भारतीय अधिकारीले बताएका छन्।
बिहारमा झण्डै चार लाख मानिस शिविरमा बस्न बाध्य भएका छन् भने १० लाखभन्दा बढी प्रभावित बनेका छन्। बिहारमा पाँच हजार आकस्मिक सेवा प्रदायक अधिकारी तथा दुई हजार सेना परिचालित गरिएको उच्च विपद व्यवस्थापन निकायका अधिकारी अनिरुद्ध कूमारले बताए। बिहारमा एक हजार ३०० भन्दा बढी शिविर बनाई सेवा दिइराखिएको कूमारले बताए।
बिहार र उत्तर प्रदेश नेपालको सीमा क्षेत्रमा रहेका भारतीय भूमी हुन्। भारतको दुई करोड असी लाख जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या प्रभाविलत वनेको छ। संयुक्त राष्ट्रसङ्घले गत १५ बर्ष यता भारतमा सवैभन्दा बढी डुवानको समस्या भएको बताएको छ।
भारतको पूर्वीक्षेत्रमा रहेको आसाममा पनि बाढीका कारण ६० जनाको मृत्यु भएको छ भने करिब चार लाख २५ हजार मानिस राहत केन्द्रमा बस्न बाध्य भएका छन् । बाढीका कारण रेलसेवा विगत छ दिनदेखि अवरुद्ध भएको छ। पश्चिम बङ्गालमा पनि ५२ जनाको बाढी तथा डुवानका कारण मृत्यु भएको छ भने दश लाख मानिस प्रभावित बनेका छन्। भारतको गुजरात क्षेत्रमा आएको बाढीका कारण मनसुनको शुरुमा नै ३५० जनाको मृत्यु भएको थियो।
त्यसैगरी बङ्गलादेशमा एक सय व्यक्तिको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी जनसङ्ख्या विस्तपित बनेको छ। बाढीका कारण नेपालमा पनि ठूलो माववीय क्षति भएको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण गम्भीर किसिमको खाद्यान्न अभाव देखिने गरेको छ।
अन्तरर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी, एसिया प्रशान्त क्षेत्रका उप क्षेत्रीय निर्देशक मार्टिन फलरले नेपाल, भारत, बङ्गलादेश र भारतमा बाढी तथा डुवानका कारण खाद्यान्न अभाव देखिने र यसका कारण ठूलो जनसङ्ख्यामा गम्भीर सङ्कट निम्तिन गरेको बताए। असुरक्षित बस्तीका कारण दक्षिण एसियामा पहिरोमा परी सयौँ मानिसले ज्यान गुमाउने गर्छन् बाढी तथा डुवानका कारण बर्सेनी लाखौँ मानिस प्रधावित हुने गर्छन्। रासस/एएफपी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












