कुल देउता हराएपछि बाढीमा मृत्यु भएका छोरीको अन्त्येष्टी ७ दिन ढिलो
बाँके, ४ भदौं । साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो। तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन्। छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।
थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ। किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ। तर कुल देउता नै पुरिए। शनिबार नेपाली सेनाले राप्ती सोनारी गाउँपालिका- ४ लालपुरका कविराजको भत्किएको घर उत्खनन गरी कुल देउता खोजिदिएको छ। कुल देउता भेटिए अब छोरीहरुको किरिया बस्छुु उनले भने ‘सेनाले बस्ने घर पनि बनाइदियो। अब जिउने सहारा मिलेको छ।’
सेनाले उनका लागि टेन्ट बनाइदिएको छ। थारु समुदायको कुल देउता राख्न छुट्टै कोठा बनाइएको हुन्छ। थारु भाषामा कुल देउता राख्ने कोठालाई मिन्झारी भनिन्छ। जहाँ कुल देउता (माटोको हात्ती, घोडा, पाल र मूर्ति) राखिएका हुन्छन्। खुसीका बेला कुल देउतालाई रक्सीको छाकी चढाइन्छ।
Comments
अरु समाचार
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











