एक महिनामा करिब १२ लाख नयाँ मतदाता थपिए, तेस्रो चरणको निर्वाचनमा मतदान गर्न नपाउने
काठमाडौं, ४ भदौं । निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो। यसअघि एक करोड ४० लाख मतदाता थिए। नयाँ मतदातासहित देशभर मतदाताको संख्या एक करोड ५२ लाख पुगेको छ।
आयोगले देशभर करिब आठ सय स्थानबाट एक महिनासम्म एकैसाथ फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो। ७४४ स्थानीय तहको केन्द्र, हरेक जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगबाट एकैसाथ नामावली संकलन भएको थियो। आयोगका अनुसार साउन मसान्तसम्म देशभर साढे १० लाखले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। त्यसपछि राजनीतिक दलहरूको आग्रहमा थपिएको तीन दिनमा करिब दुई लाख मतदाता थपिएको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
स्थानीय निर्वाचनमा भाग लिन नपाउने ?
निर्वाचन आयोगले थपिएका नयाँ मतदाताले २ असोजमा २ नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा भाग लिन नपाउने बताएको छ । २ असोजमा हुने तेस्रो चरणको निर्वाचनमा निर्वाचन मिति घोषणा हुनुअघि मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान अधिकार पाउने प्रवक्ता शर्माले बताए। आजको नयाँ पत्रिकामा खबर छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












