एक सातादेखि सम्पर्क विहीन बाढी प्रभावित एक बस्ती
दाङ, ५ भदौं । गएको साता आएको बाढी र पहिरोका कारण दाङको एक बाढी प्रभावित बस्ती सम्पर्क विहीन छ । बबई गाउँपालिका १ (साविको पुरन्धारा गाविस ९) को गंगटे र आसपासको बस्ती एक सातासम्ममा पनि सम्पर्कमा आएको छैन। गंगटे बस्ती बाढी गएको एक साता सम्म पनि सम्पर्क विहीन अवस्थामा रहेको खबर आजको अन्नपूर्णमा छ ।
दाङको विगट बस्ती मध्ये पर्ने गंगटे क्षेत्रमा बाढीका कारण एक सय बढि घरहरु प्रभावित भएको अनुमान गरिएको छ। तर सम्पर्क नहुँदा यथार्थ अवस्था बुझ्न कठिनाई भएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए।
पौडेलले एक नम्वर वडा अध्यक्षसहितको टोलीलाई कार्य क्षेत्रमा खटाएको भएपनि बाढी र पहिरोको कारण सञ्चार, विद्युत, सडक अबरुद्ध हुँदा कुनै पनि विवरण र अवस्था आउन नसकेको बताए। उनले अहिले सम्म त्यो ठाउँमा राहत समेत पुर्याउन कठिनाई भएको बताए।
अध्यक्ष पौडेलले भने, ‘गाउँपालिकाको सबै भन्दा बढि क्षति भएको वडा त्यही हो। तर अहिलेसम्म कुनै काम गर्न सकेनौं, प्रारम्भिक राहत समेत पुग्न सकेको छैन।’ गाउँपालिकाले गर्न चाहेर पनि गंगटेको लागि केहि गर्न नसकिएको उनले बताए। गंगटे सम्म पुग्न गाउँपालिकाबाट २ दिन लाग्छ भने बाटो पनि कठिन रहेको छ । पुरन्धाराबाट गंगटे पुग्न बबई नदी र अन्य स्थानीय खोलाहरु गरेर २ दर्जन बढि स्थानबाट जोखीमपूर्ण रुपमा वारपार गर्नुपर्ने अवस्था रहेको छ।
वडा सम्म जान अर्को छिमेकी जिल्लाको प्रयोग
बाढीले सडक बगाएपछि राजपुर गाउँपालिका ७ नं वडामा जान बाँके जिल्लाको सहायता लिनुपर्ने अवस्था आएको छ। राजपुर गाउँपालिकाको कार्यालय र सात नम्बर वडा सडक सञ्जालले जोडेको भए पनि बाढी र पहिरोले सडक बनाउँदा वडाबासीहरु बाँकेको अगैया हुँदै दाङको लमही नगरपालिका, गढवा गाउँपालिकाको बाटो भएर राजपुर पुग्ने गरेका छन् भने राजपुर गाउँपालिका कर्मचारीहरु पनि वडामा जानु पर्यो भने त्यसै गरी जाने गरेका कार्यकारी अधिृकत टंकराज गौतमले जानकारी दिए।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











