बाढीले बगाएर भारत पुर्याएको दोस्रो गैँडालाई पनि उद्धार गरि नेपाल ल्याईयो
चितवन, ५ भदौं । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि नगरमा पु¥याएको वयस्क पोथी गैँडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित सौराहा ल्याइ पुर्याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।
आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट पठाइएको गैँडा आज बिहान १ः३० बजे चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइ पुर्याइएको पाठकले बताए । भारतबाट उद्धार गरिएको यो गैँडा दोस्रो हो । बाढीले बगाएर थप दुई वटा गैँडा भारत पु¥याएको पाइएकाले निकुञ्जमा फर्काउन पुनः प्राविधिकसहितको टोली सो क्षेत्रमा परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।
अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारका लागि खटिएका छन् । अर्यालका अनुसार थप दुई गैँडा उद्धार गरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोरसहित भारतमा छन् । चितवन निकुञ्जबाट बगाएकाले भारतको वाल्मीकि टाइगर रिजर्बका अधिकारीसँगको समन्वयमा गैँडाको उद्धार गरिएको हो ।
आज ल्याइएको उक्त गैँडा भारतको बस्ती भएको र केही झाँडी तथा वनमारा भएको क्षेत्रमा फेला परेको हो । उक्त गैँडालाई आजै निकुञ्जमा छाडिने जनाइएको छ । अर्को गैँडा नारायणी नदी किनारको सानो जंगलको टापुमा रहेको र अर्को गैँडा नेपाल–भारत ओहोरदोहोर गरिरहेको भए पनि अहिले भने भारतमै रहेको पाइएको छ ।
यसअघि भदौ २ गते अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानबाट उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












