आफ्नो सम्मानमा झण्डावाल गाडी नपठाएको भन्दै भूमिसुधारमन्त्री दहितले ‘बबाल’ मच्चाए (भिडियोसहित)
दाङ, ५ भदौं । भूमिसुधारमन्त्री गोपाल दहितले आफू राम्रो झण्डावाल गाडी नपाएको भन्दै बबाल मच्चाएका छन् । मुक्त कमलरी परिचयपत्र वितरण कार्यक्रममा सहभागी हुन आईतबार घोराही दाङ पुगेका मनत्री दहितले दाङका प्रमुख जिल्ला अधिकारीले झण्डावाल गाडी नपठाएको भन्दै वितण्डा मच्चाएका हुन् । उनले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठप्रति आक्रोश पाखेका हुन् ।
दाङका प्रमुख जिल्ला अधिकारी आफ्नो मान सम्मान नगरेको भन्दै सार्वजनिक कार्यक्रममा हप्काएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई मन्त्री दहितले हप्काउनुका साथै तल्लोस्तरको गालीगलोज समेत गरेका छन् । आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा झण्डावाला गाडि नपठाएको भन्दै भन्दै प्रजिअ श्रेष्ठलाई थर्काएका हुन् ।
मन्त्री आउने खबरपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मन्त्री दहितलाई लिन जिल्ला कृषि विकास कार्यालय दाङको गाडी नेपालगञ्ज पठाएका थिए । मन्त्रीलाई लिन झण्डा नभएको एउटा सामान्य गाडी पठाएको भन्दै दहितले सार्वजनिक रुपमा प्रजिअ श्रेष्ठको आलोचना गरेका हुन् ।
मन्त्री दहितले आफूलाई सानो पार्टी र थारु मन्त्री भएको हिसावले प्रजिअले अपमान गरेको भन्दै राजधानी फर्केपछि मन्त्रिपरिषदमै कुरा उठाउने र सिडिओको सरुवा गर्ने धम्की दिएका छन् ।
उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर मन्त्रीको सम्मान गरिएको प्रजिअ श्रेष्ठले दाबी गरेका छन् । ‘जिल्लामा भएको स्रोत साधनको उपयोग गरेर उहाँलाई सम्मान गरिएको हो, मै आफै गएको छु उहाँलाई लिन’, प्रजिअ श्रेष्ठले भने । तत्कालीन थरुहट तराई पार्टी नेपालका नेता दहित केही पहिला मात्रै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गरेका थिए । दहितलाई गच्छदारले नै दोस्रो पटक मन्त्री बनाएका हुन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












