संशोधन प्रस्ताव फेल भएपछि भावी रणनीति बनाउन राजपा बैठक बस्दै
काठमाडौं, ६ भदौं । संविधान संशोधनको प्रस्ताव फेल भएपछि आगामी रणनीति तय गर्न राजपा बैठक बस्दैछ । नेपाल सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक सोमबार फेल भएको थियो । राजपाको दबाब तथा आग्रहमा संसदमा पेश गरिएको प्रस्ताव फेल भएपछि आगामी रणनीति तय गर्न राजपा बैठक बस्न लागेको हो । भावी रणनीति तय गर्न पार्टीको पदाधिकारी समितिको बैठक पार्टी कार्यालयमा बस्दै छ । आज बिहान ११ बजेदेखि पार्टीको बैठक बस्ने राजपा नेता केशव झाले जानकारी दिए ।
आन्दोलनरत मधेसी दलको माग सम्बोधन गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सोमबार संसदमा पेस गरेको थियो । तर, प्रस्तावमाथि मत विभाजन गर्दा संशोधनको पक्षमा आवश्यक दुई तिहाई मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको थियो ।
राजपाले यसअघि नै मतपरिणाम स्वीकार गर्ने बताइसकेको छ । र, अगामी असोज २ मा हुने स्थानीय तह अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनमा पनि भाग लिने बताइसकेको छ । आजको बैठकमा भावी चुनावमा पार्टीले अख्तियार गर्ने रणनीति तथा संशोधन प्रस्ताव फेलभएपछि उत्पन्न परिस्थितबारे समिक्षा हुनेछ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












