कञ्चपुरमा एकाबिहानै एक सशस्त्र प्रहरी जवानको हत्या, एकाएक यसरी चुडियो कुँवर परिवारको खुसी
कञ्चनपुर, ८ भदौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिकै एक सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । भिमदत्त नगरपालिका ६ ऐठपुरस्थित नहर नजिकै सशस्त्र भन्सार सुरक्षा चौकी गड्डाचौकीमा कार्यरत जवानको शव फेला परेको हो । भिनपा ३ तिलकपुर निवासी अन्दाजी २७ वर्षीय नरेन्द्र कुँवरको शव ढुंगै ढुंगाको फाँटमा फेला परेका कञ्चनपुर प्रहरीका डिएसपी ज्ञान बहादुर सेट्टीले जानकारी दिए ।
उनको टाउँकोमा गहिरो चोट लागेको छ । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारेमा अनुसन्धान भईरहेकोले अहिले नै सबैकुरा भन्न नमिल्ने डिएसपी सेट्टीको भनाई छ । केही दिन अगाडी सिद्धनाथ विज्ञान क्याम्पसको होस्टेलमा बस्ने एक जनाको हत्या भएको थियो । उक्त घटनाले त्रसित बनेका कन्चपुरबासी आजको घटनाले झनै डराएका छन् ।
कसरी भयो यस्तो घटनाः
बुधबार साँझ आफ्नो डिउटी सकेर घर फर्किन लागेका उहाँ राति सम्म पनि घर नपुगेपछि भाई डम्मर कुँवरले फोन गरेका थिए । घटनाबारे उहाँका भाईले टिभी अन्नूर्णलाई दिएको जानकारी जस्ताको त्यस्तैः राति १० बजेतिर फोन गर्दा सम्पर्क भयो । फोन उठाएर म तीज हेर्दैछु, एकछिन पछि आउछु भने । ११ बजेतिर पनि घर नपुगेपछि हामीले फोन गयो । फोन गर्दा १२ घण्टी गयो । फोन उठेन् । त्यसपछि फोन नै स्वीचअफ भयो । रातभर फोन लागेन् ।
बिहानै एक जना साथीलाई भनेर दाईको फोन पनि लागेन्, के भयो होला भनेर भन्दा उनी बुझ्न गए । केही समयपछि उनले निकै दुःखद् घटना सुनाए । उनले दाईको शव नहर छेउको ढुंगाको जालीमा भेटिएको बताएपछि परिवारका सवैजनाको खुसी एकाएक लुटियो । मृतक कुवरका श्रीमती पनि संगै भन्सार सुरक्षा चौकी गड्डाचौकीमा कार्यरत छन् । उहाँका एक छोरी छन् ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











