संशाधन प्रस्ताव फेल भएपछि दिल्ली पुगेर देउवाले भने, ‘सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्छु’
काठमाडौं, ९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
‘संविधान संशोधनका केही मुद्दा अझै थाती छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधन प्रयास गर्नेछु’, देउवाले भने, ‘निकट भविष्यमा दुईतिहाइ बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’
स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा देउवालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले संविधान संशोधनप्रति चासो व्यक्त गरेका थिए । मोदीले तराई/मधेसकेन्द्रित दलहरूको मागतर्फ संकेत गरी देउवालाई सुझाव दिँदै भने, ‘सबै नागरिकसँगको वार्तालाई जारी राखी उनीहरूको आकांक्षालाई सम्बोधन गरे संविधान कार्यान्वयन सफल हुन्छ ।’
स्वागत, शुभकामना, नाकाबन्दी
मोदीले संविधानको स्वागत नगरीकनै संविधान कार्यान्वयन गर्न देउवालाई शुभकामना दिएका थिए । भारतले नेपालमा संविधान जारी भएलगत्तै त्यसको स्वागत नगरी पाँच महिना अघोषित नाकाबन्दी गरेको थियो । संविधान संशोधन विधेयक पारित नभए पनि राष्ट्रिय जनता पार्टी नेपाल आसन्न निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘थ्यांक गड ! संविधान संशोधन विधेयक अस्वीकृत भए पनि राजपा आसन्न निर्वाचनमा सहभागी हुँदैछ ।’
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












