देउवालाई नारायणकाजी श्रेष्ठले दिए गतिलो दनकः भने,’तपाइको अभिव्यक्तिले नेपाल र नेपालीको अपमान भो!’
काठमाडौं, ९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला भारत भ्रमणमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणमा रहेका देउवा यतिबेला आलोचित भईरहेका छन् । नयाँदिल्लीमा बिहीबार नेपाल र भातका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिपछि देउवाको चौतर्फी आलोचना भईरहेको हो ।
देउवाले दिएको अभिव्यक्तिप्रति सत्तासाझेदार दलका वरिष्ट नेताले आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपाल र नेपालीको अपमान भएको बताएका छन् । देउवाले दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधन गर्न नसकेको र फेरि संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएका थिए।
देउवाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै माओवादी नेता श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपालीको अपमान भएको उल्लेख गरेका हुन् । बिहीबार राति ट्विटरमा उनले भनेका छन्, ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ। प्रमलाई थाहा छ के बोल्नुभो ?’ श्रेष्ठले मधेसको मत पाउने आशामा त्यस्तो अभिव्यक्ति दिएको श्रेष्ठले अनुमान गरेका छन्।
उनले बिहीबार रातिकै अर्को ट्विटमा उनले भनेका छन्,’सायद प्रधानमन्त्रीका लागि दिल्ली कुनै निर्वाचन क्षेत्र हो र उनले मधेसको भोट पाउन यो कुरा भनिरहेका छन्। उनले वास्ता गरेनन् कि म काठमाडौंमा बोलिरहेको छु कि दिल्लीमा ? र म प्रधानमन्त्री हो कि कांग्रेस सभापति ?’
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











