अख्तियारद्धारा विद्युत प्राधिकरणका कुलमान घिसिङसहित ७ उच्च कर्मचारीलाई १३ पन्ने सम्पत्ति विवरण भरायो
काठमाडौ., ९ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका ७ उच्च पदस्थ कर्मचारीलाई सम्पत्ति विवरण भराएको छ । अख्तियारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ७ उच्च पदस्थ कर्मचारीलाई १३ पन्ने सम्पत्ति विवरण भराएको हो ।
अख्तियारले घिसिङसहित प्राधिकरण प्रवक्ता प्रवल अधिकारी, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा, उत्पादन निर्देशनालयका कामु उपकार्यकारी निर्देशक हरराज न्यौपाने, आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मनोज सिलवाल, सोलार आयोजनाका उपप्रवन्धक एवं प्रमुख विजय चौधरी लगायतलाई १३ पन्ने सम्पत्ति विवरण भराएको हो ।
यी मध्ये चौधरी विद्युत चोरीमा संलग्न रहेको भन्दै पक्राउ परेका प्राधिकरणका डेढ दर्जन कर्मचारीमध्येका प्रमुख हुन । विद्युत चोरीमा २४ घण्टा प्रहरी हिरासतमा बिताएका उनले सोर्स लगाएर उम्किन सफल भएका थिए । घिसिङलाई दुई बर्षअघि पनि राहुघाट जलविद्युत आयोजनाको प्रमुख हुँदा अनियमितता गरेको आशंकामा अख्तियारले १३ पाने भराएको थियो ।
पछि अख्तियारले त्यसलाई तामेलीमा राखेको थियो । अकुत सम्पत्तिको आशंकमा उनीहरुलाई १३ पन्ने विवरण भराएर छानविन भइरहेको भन्दै सम्पत्ति अस्वाभाविक नदेखिए कारवाही अघि बढने स्रोतको भनाई छ ।
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











