जहाज ‘हेर्न र लिन’ भन्दै २० कर्मचारी सिंगापुर पुगे, जहाँ उनीहरुले लिएर आउनु त परकै कुरा हेर्न समेत पाउँदैनन्
काठमाडौं, ११ भदौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् ।
ती मध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन् । ‘यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो । ‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो ।’
Comments
अरु समाचार
-
आज विपक्षी दलहरुको बैठक : पछिल्लो पटकको अध्यादेश सम्बन्धमा छलफल
काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको...
-
आज भूकम्प दिवसः पूर्वतयारीका लागि सरकारको ध्यान नगएको गुनासो
काठमाडौँ: विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम...
-
निर्देशक घिमिरेकाे चलचित्र ‘पहाड’ बन्दै, सामाजिक र आर्थिक समस्याको कथावस्तु समेटिने
काठमाडौँ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा...
-
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होःराष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् ।...
-
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८००...
-
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
काठमाडौं । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी...
-
नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता...
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...