गैँडाको केटो (बच्चा) सहित १० दिनमा ६ गैँडाको उद्धार
रत्ननगर (चितवन), ११ भदौं । बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो (बच्चा) को पनि उद्धार गरिएको छ । भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ।
तीन महिनाको भाले केटो (बच्चा) भएकाले जंगलमा छाड्दा जोखिममा पर्ने भन्दै संरक्षण गरेर राखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। अलि ठूलो भएपछि मात्रै जंगलमा छाडिने जनाइएको छ। यसअघि जोखिममा परेर उद्धार गरिएको एउटा गैँडा रहेकाले उसैको साथीका रुपमा यसलाई पनि राखिएको निकुञ्जले जनाएको छ।
योसँगै भदौको १० दिनको अन्तरालमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिकसहितको टोलीले छ वटा गैँडालाई उद्धार गरिसकेको छ। जसमा पाँच गैँडालाई भने निकुञ्जमा छाडिसकिएको छ। निकुञ्जको टोलीले अझै भारतमा गैँडा रहेको आशंकामा खोजी जारी राखेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए।
गैँडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन्। बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा चित्तल र रतुवा मृग छवटा गरी आठवटा जनावर मरेका छन्। बाढीले चितवन निकुञ्जमा वन्यजन्तुको वासस्थानमा भौतिक सम्पत्तिमात्रै रु दुई करोडभन्दा बढीको क्षति भएको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। रासस
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...











