सेनालाई लोकसेवा परीक्षा फलामको चिउराः ‘सेनाले लिँदा ४० जनाको सिटमा ४० जना नै पास’
काठमाडौं, १२ भदौं । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।
नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत विभिन्न ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
ती निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।
लोकसेवाले नेपाली सेनाको अधिकृत क्याडेटअन्तर्गत पछिल्लो पटक जेठ र साउन दोस्रो साता लिएको आन्तरिक परीक्षामा सहभागी भएका अधिकांश उम्मेदवार अनुत्तीर्ण भएका छन् । सेनाको अधिकृत क्याडेटतर्फको पदमा सुब्बास्तरका सहभागी भएका थिए । तर, अधिकृत क्याडेटको परीक्षामा सहभागी हुने पदिक हुद्दामध्ये अधिकांश फेल हुन थालेपछि लोकसेवालाई सेनाको आन्तरिकतर्फको अधिकृत क्याडेटमा पदपूर्ति गर्न हम्मे पर्न थालेको छ ।
आयोगले सुरुमा आन्तरिकतर्फ अधिकृत क्याडेटको परीक्षा जेठ अन्तिम साता सञ्चालन गरेको थियो । यो परीक्षामा माग संख्या ४५ रहेकोमा परीक्षामा ५४ जना पदिक हुद्दा सहभागी थिए । तर, परीक्षाफल प्रकाशित हुँदा जम्मा ४ जना उत्तीर्ण भएका छन् ।
४५ आवश्यक पदमा ४ जना मात्रै उत्तीर्ण भएपछि बाँकी ४१ पद रिक्त रहेपछि सेनाले पुनः परीक्षा सञ्चालन गर्न लोकसेवालाई आग्रह गरेको थियो । सेनाको आग्रहअनुसार लोकसेवाले फेरि रिक्त ४१ पदकै लागि पुनः साउन दोस्रो साता परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ४५ जना सहभागी भएकोमा ८ जना मात्रै उत्तीर्ण भएका छन् भने ३७ जना फेल भए ।
‘सेनाले लिँदा सब उत्तीर्ण’
लोकसेवाले परीक्षा लिनुअघि सेना आफैंले लिने गरेको परीक्षामा भने आवश्यक सिटमा सबै उत्तीर्ण हुने गरेका थिए । न्यूनतम ४० अंक ल्याउनेलाई उत्तीर्ण गराउनुपर्नेमा ४० अंक नल्याउनेहरू पनि उत्तीर्ण हुने गरेका थिए । सेना आफैंले परीक्षा सञ्चालन गर्दा अधिक सोर्सफोर्स चल्ने गरेको लोकसेवाको बुझाइ छ ।
उच्च पदाधिकारीको खल्तीको सूचीका आधारमा परीक्षाफल प्रकाशन गरिन्थ्यो । अनुत्तीर्ण हुनेलाई पनि ग्रेस मार्क दिएसरह उत्तीर्णको लाइनमा पारिन्थ्यो । लोक सेवाका अधिकारीसँगको छलफलमा सेनाका उच्च अधिकारीले न्यूनतम अंक ४० नल्याए पनि पदपूर्तिका लागि आवश्यक पर्ने संख्याअनुसार अनुत्तीर्ण हुने मध्येबाटै तानेर उत्तीर्ण गराउने गरेको स्विकारेको स्रोतको दाबी छ ।
तर, सैनिक प्रवक्ता सहायक रथी झंकर कठायत सेनाले परीक्षा सञ्चालन गर्दा पनि न्यूनतम अंक नल्याउने कोही पनि उत्तीर्ण नभएको दाबी गर्छन् । ‘न्यूनतम अंक नल्याउने उत्तीर्ण हुने भन्ने कुरा निराधार हो । सेनाले पनि मेरिटकै आधारमा परीक्षा लिएर रिजल्ट गथ्र्यो’ प्रवक्ता सहायक रथी कठायतले भने ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











