गृहमन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गर्ने तर राज्य मन्त्रीकै गाडीमा फर्जी नम्बर
काठमाडौं, १३ भदौं । गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नै पदमा बहाल भएको दिनदेखि फर्जी नम्बर प्लेटको गाडी चढ्न थालेका छन् । श्रेष्ठले बा १ झ १००९ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडी चढ्दै आएका छन् । यो गाडीको वास्तविक नम्बर बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ ।
रातो–नीलो नम्बर प्लेटको बा १ झ १००९ नम्बर को गाडी आफ्नो विभाग मातहतमा दर्ता नै नरहेको जानकारी यातायात व्यवस्था विभाग र साना तथा ठूला सवारी कार्यालयका अधिकारीले दिए । ‘त्यो नम्बरको रातो–नीलो नम्बर प्लेटको गाडी यातायात कार्यालयमा दर्ता नै छैन’ यातायात कार्यालयका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार बा १ झ १००९ नम्बरको एउटा पुरानो गाडी छ हुलाक विभागको नाममा । ‘एउटै नम्बरका दुइटा गाडी दर्ता हुनै सक्दैनन्’ ती अधिकारीले भने । कानुन पालना गराउनु पर्ने र नक्कली गाडी नियन्त्रण गर्नुपर्ने गृह राज्यमन्त्री श्रेष्ठले फर्जी नम्बरको सवारीमात्र चढेका छैनन् कि उनी या उनको चालकले गाडी चलाएका बेला कसैलाई ठक्कर दिएमा, कुनै गैरकानुनी कार्य गरेमा हुलाक विभागमा दर्ता रहेको गाडीका चालक कानुनी फन्दामा पर्ने चिन्ता यातायात कार्यालयका अधिकारी व्यक्त गर्छन् ।
‘राज्यमन्त्रीको फर्जी नम्बरको गाडी कतै दर्ता छैन, यदि त्यसले ठक्कर दिएमा या अन्य गैरकानुनी कार्य गरेमा वास्तविक नम्बर प्लेटको हुलाक विभागको गाडीको चालक कानुनी फन्दामा पर्नेछन्’ यातायात कार्यालयका अधिकारीले भने ।
कसरी फर्जी नम्बर ?
‘गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा कसरी फर्जी नम्बर राखियो ?’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘मलाई थाहा छैन । मन्त्रालयको व्यवस्थापन महाशाखा हेर्ने सहसचिव हरिशरण पुडासैनीलाई थाहा होला ।’ पुडासैनीलाई सोमबार साँझ सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । श्रेष्ठलाई राज्यमन्त्री हुनासाथ रातो नम्बर प्लेटको चमेलियाको बा ६ च १००९ नम्बरको गाडी चढ्न दिइयो ।
स्रोतका अनुसार गृह मन्त्रालयले राज्यमन्त्रीले चढ्ने गाडीमा रातो–नीलो नम्बर प्लेट राख्यो, त्यो पनि यातायात कार्यालयको स्वीकृतिबिनै । गृह मन्त्रालयले रातो प्लेटको ‘बा ६ च १००९’ को ठाउँमा यातायात कार्यालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा फर्जी सरकारी नम्बर ‘बा १ झ १००९’ राखेर चढ्न दिएको हो । यसअघि चमेलिया आयोजनाको ल्यान्डक्रुजर प्राडो गाडी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालले आफ्नो कार्यकालभर यसरी नै फर्जी नम्बर राखेर चढेका थिए ।
श्रेष्ठले कसरी पाए चमेलियाको गाडी ?
श्रेष्ठ ऊर्जा मन्त्रालय मातहतको गाडी चढ्न पाउने भाग्यमानी गृह राज्यमन्त्री हुन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही या विद्युत प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक कुलमान घिसिङमध्ये एकले चमेलियाको गाडी श्रेष्ठलाई चढ्न दिएको जानकारी ऊर्जा मन्त्रालय स्रोतले दिए । शाही र श्रेष्ठ एउटै पार्टीका सांसद हुन् भने घिसिङ र श्रेष्ठको गृह जिल्ला एउटै रामेछाप हो । यो गाडी यसअघि प्राधिकरणका कार्यकारी निर्देशकले चढ्थे । राज्यमन्त्री श्रेष्ठ पदमा बहाल भएको दिनदेखि राजधानीको ‘स्वयम्भु पिस होटल’ मा बस्दै आएका छन् । यो खबर आजको कान्तिपुरमा छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












