यी हुन्, वीरगञ्ज महानगरका सम्भावित उम्मेदवारः कुन दलले कस्लाई उठाउने ?
विरगञ्ज, १३ भदौ । बाढी र डुबानले आहत पर्सामा विस्तारै चुनावी चहलपहल देखिन थालेको छ । खासगरी वीरगञ्ज र यस वरपरका क्षेत्रमा राजनीतिक दलका गतिविधिहरु बढ्न थालेका छन्। ठूला दलहरुले आफ्ना उम्मेदवारहरु अघि सारेका छन्। र, २ असोजको स्थानीय निर्वाचनलाई मध्यनजर राख्दै मतदाता रिझाउने अभ्यास गरिरहेका छन्।
‘त्यसो त हामी अघिपछि चुपचाप थियौं भन्ने होइन, बाढी–डुबानका बेला पनि हामी उद्धार र राहतमा केन्द्रीत थियौं’ नेपाली कांग्रेसले विरगञ्ज महानगरका लागि अघि सारेका उम्मेदवार तथा पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदीले भने, ‘अरु दलका साथीहरु पनि अब प्रचारप्रसारमा उत्रनु भएको छ। चुनावी माहौल बनिरहेको छ।’
कांग्रेसले मैदानमा उतारेका अजयकुमार द्विवेदी वीरगञ्जमा होइन पर्सामा नै कहलिएका नेता हुन्। तर महानगरको बदलिँदो महत्वकांक्षा र चुनावी गणितले कांग्रेसको पोजिसन तय गर्ने यहाँका जानकारहरु बताउँछन्।
विरगञ्ज महानगरका लागि कांग्रेसबाट झण्डै एक दर्जन आकांक्षीहरु देखिएका थिए। तर लोकप्रियताका हिसावले अजयकुमार बराबर पार्टीभित्र अरु नभएपछि जिल्ला समितिले नै उनको नाम अनुमोदन गरेर केन्द्रमा पठाएको थियो। उनी यसअघि वीरगन्जको उपमेयर र पहिलो संविधानसभामा पर्सा क्षेत्र नम्बर २ बाट सभासद भइसकेका नेता हुन्।
उता, यो चुनावमा महानगरबाट अप्रत्याशित रुपमा आफूहरुले बाजी मार्ने दाबी गरिरहेको प्रतिपक्षी दल एमालेले यसपटक वीरगञ्जमा पूर्वमाओवादी व्यक्तित्वलाई टिकट दिएको छ। महमद बसरुद्दिन अन्सारी जो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उम्मेदवार थिए, उनैलाई एमालेले वीरगञ्ज महानगरको मेयरमा अगाडि सारेको छ। खासगरी मुस्लिम समूदाय र व्यापारिक घरनामा लोकप्रिय रहेका अन्सारीले भने, ‘चुनाव जित्ने भनेको काम गरेको आधारमा हो। मैले यो समाजको लागि काम गरेको छु। जित्छु।’
माओवादी केन्द्रले सामाजिक अभियानमा सक्रिय रहबर अन्सारीलाई उम्मेदवार बनाएपछि वीरगञ्जको राजनीतिमा एक प्रकारको तरङ्ग नै पैदा भएको छ। रहबर पनि वीरगन्जमा रहेको एक निजी अस्पतालका सञ्चालक हुन्। युवा वर्गमा लोकप्रिय रहबरलाई मैदानमा उतारेपछि दुवै संविधानसभा निर्वाचनमा पर्सामा निकै पछाडि देखिएको माओवादी केन्द्रलाई वीरगन्ज महानरगमा भने आशा जुटेको छ।
संघीय समाजवादी फोरम नेपालले पनि महानगरको महत्वलाई केन्द्रित गर्दै विजयकुमार सरावगीलाई मेयर उम्मेदवारका रुपमा मैदानमा उतारेको छ। वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको दुईपटक सदस्य भइसकेका सरावगीलाई उम्मेदवार बनाएपछि यहाँ समाजवादी फोरमको चर्चा चुलिँदै गएको छ।
सरावगी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन्। उद्योपति तथा सामाजिक व्यक्तिको रुपमा परिचित उनलाई उम्मेदवारी बनाएको फोरमले नतिजा आफ्नो हातमा आउनेमा विश्वास रहेको बताएको छ।
प्रमुख दलहरुले महानरको मत आफ्नो पक्षमा पार्नका लागि जोडबल गरिरहँदा केही दल भने गृहकार्यमै रहेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) ले मेयर पदमा आकांक्षी दुईजना दाबेदार देखिएपछि नाम टुंगो लगाउन सकेको छैन। राजपाका तर्फबाट उम्मेदवारका दुई आकांक्षीमा राजेशमान सिंह र विमलप्रसाद श्रीवास्तव छन्।
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











