यी हुन्, वीरगञ्ज महानगरका सम्भावित उम्मेदवारः कुन दलले कस्लाई उठाउने ?
विरगञ्ज, १३ भदौ । बाढी र डुबानले आहत पर्सामा विस्तारै चुनावी चहलपहल देखिन थालेको छ । खासगरी वीरगञ्ज र यस वरपरका क्षेत्रमा राजनीतिक दलका गतिविधिहरु बढ्न थालेका छन्। ठूला दलहरुले आफ्ना उम्मेदवारहरु अघि सारेका छन्। र, २ असोजको स्थानीय निर्वाचनलाई मध्यनजर राख्दै मतदाता रिझाउने अभ्यास गरिरहेका छन्।
‘त्यसो त हामी अघिपछि चुपचाप थियौं भन्ने होइन, बाढी–डुबानका बेला पनि हामी उद्धार र राहतमा केन्द्रीत थियौं’ नेपाली कांग्रेसले विरगञ्ज महानगरका लागि अघि सारेका उम्मेदवार तथा पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदीले भने, ‘अरु दलका साथीहरु पनि अब प्रचारप्रसारमा उत्रनु भएको छ। चुनावी माहौल बनिरहेको छ।’
कांग्रेसले मैदानमा उतारेका अजयकुमार द्विवेदी वीरगञ्जमा होइन पर्सामा नै कहलिएका नेता हुन्। तर महानगरको बदलिँदो महत्वकांक्षा र चुनावी गणितले कांग्रेसको पोजिसन तय गर्ने यहाँका जानकारहरु बताउँछन्।
विरगञ्ज महानगरका लागि कांग्रेसबाट झण्डै एक दर्जन आकांक्षीहरु देखिएका थिए। तर लोकप्रियताका हिसावले अजयकुमार बराबर पार्टीभित्र अरु नभएपछि जिल्ला समितिले नै उनको नाम अनुमोदन गरेर केन्द्रमा पठाएको थियो। उनी यसअघि वीरगन्जको उपमेयर र पहिलो संविधानसभामा पर्सा क्षेत्र नम्बर २ बाट सभासद भइसकेका नेता हुन्।
उता, यो चुनावमा महानगरबाट अप्रत्याशित रुपमा आफूहरुले बाजी मार्ने दाबी गरिरहेको प्रतिपक्षी दल एमालेले यसपटक वीरगञ्जमा पूर्वमाओवादी व्यक्तित्वलाई टिकट दिएको छ। महमद बसरुद्दिन अन्सारी जो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उम्मेदवार थिए, उनैलाई एमालेले वीरगञ्ज महानगरको मेयरमा अगाडि सारेको छ। खासगरी मुस्लिम समूदाय र व्यापारिक घरनामा लोकप्रिय रहेका अन्सारीले भने, ‘चुनाव जित्ने भनेको काम गरेको आधारमा हो। मैले यो समाजको लागि काम गरेको छु। जित्छु।’
माओवादी केन्द्रले सामाजिक अभियानमा सक्रिय रहबर अन्सारीलाई उम्मेदवार बनाएपछि वीरगञ्जको राजनीतिमा एक प्रकारको तरङ्ग नै पैदा भएको छ। रहबर पनि वीरगन्जमा रहेको एक निजी अस्पतालका सञ्चालक हुन्। युवा वर्गमा लोकप्रिय रहबरलाई मैदानमा उतारेपछि दुवै संविधानसभा निर्वाचनमा पर्सामा निकै पछाडि देखिएको माओवादी केन्द्रलाई वीरगन्ज महानरगमा भने आशा जुटेको छ।
संघीय समाजवादी फोरम नेपालले पनि महानगरको महत्वलाई केन्द्रित गर्दै विजयकुमार सरावगीलाई मेयर उम्मेदवारका रुपमा मैदानमा उतारेको छ। वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको दुईपटक सदस्य भइसकेका सरावगीलाई उम्मेदवार बनाएपछि यहाँ समाजवादी फोरमको चर्चा चुलिँदै गएको छ।
सरावगी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन्। उद्योपति तथा सामाजिक व्यक्तिको रुपमा परिचित उनलाई उम्मेदवारी बनाएको फोरमले नतिजा आफ्नो हातमा आउनेमा विश्वास रहेको बताएको छ।
प्रमुख दलहरुले महानरको मत आफ्नो पक्षमा पार्नका लागि जोडबल गरिरहँदा केही दल भने गृहकार्यमै रहेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) ले मेयर पदमा आकांक्षी दुईजना दाबेदार देखिएपछि नाम टुंगो लगाउन सकेको छैन। राजपाका तर्फबाट उम्मेदवारका दुई आकांक्षीमा राजेशमान सिंह र विमलप्रसाद श्रीवास्तव छन्।
Comments
अरु समाचार
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...












