सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु, १० दिनमा १५ महिलाको चुल्ठो काटियो
सिरहा, १७ भदौं । सिरहामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो । शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको थियो । तर, उपचारका क्रममा मुखियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
१० दिनमै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ । कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् । कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन् ।
सिरहामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण रातभर सुत्न पाइरहेका छैन् । स्थानीय प्रहरी प्रशासनले भने घटनाबारे सुक्ष्म अध्ययन भईरहेको बताएको छ । घटनालाई विभिन्न पक्षबाट अध्ययन भईरहेको सिरहा प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











