पत्रकार न्यौपानेको ‘ट्यालेन्ट शो’
काठमाडौं, २६ भदौ । पत्रकार तथा लेखक दामोदर न्यौपानेले तेस्रो कृति ‘ट्यालेन्ट शो’ ल्याएका छन् । पुस्तक बालबालकालिको मनोविज्ञानमा आधारित रहेको लेखक न्यौपानेले जानकारी दिए । शिक्षकले पढाइमा राम्रो हुने विद्यार्थीलाई बढी प्राथमिकता दिंदा अरू विद्यार्थीलाई कस्तो मनोवैज्ञानिक असर पर्छ भनेर कथामा देखाइएको छ । ‘शिक्षक र अभिभावकले बालबालिकालाई कस्तो व्यहार गर्ने भनेर नजान्दा दोहोरो दबाबमा छन्,’ लेखक न्यौपानेले भने, ‘बालबालिका बुझेर व्यवहार गर्न घचघच्याओस् भनेर यो पुस्तक लेखेको हुँ । यो पुस्तकले बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न सघाउ पुग्ने छ । सानाको लागि लेखिएको भए पनि यो ठूलाले पनि पढेर बालबालिकालाई गर्ने व्यवहार बदल्न प्रोत्साहन गर्नेछ ।’ यसलाई स्वेदश प्रकाशनले बजारमा ल्याएको हो । यसको सार्वजनिक राष्ट्रिय बालदिवसको अवसर पारेर भदौ २९ गते गरिने स्वेदश प्रकाशनका ऋषिराम पाण्डेले जानकारी दिए । न्यौपानेको यो तेस्रो कृति हो । पहिलो कृति ‘एम्बुसमा ६ वर्ष’ र दोस्रो कृति ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ आएका छन् । एम्बुसमा ६ वर्ष माओवादी जनयुद्धले पारेका प्रभावमा केन्द्रित छ भने कर्म बालबालिका केन्द्रित पुस्तक हो ।
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











