पत्रकार न्यौपानेको ट्यालेन्ट शो यसरी गरियो सार्वजनिक
काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित बालमनोविज्ञानमा आधारित पुस्तक ट्यालेन्ट शो सार्वजनिक गरिएको छ । राष्ट्रिय बालदिवसको अवसर पारेर उनको ट्यालेन्ट शो अक्षरका स्कुलका कक्षा ८ का छात्रा श्रीतिका तिमल्सिना, कक्षा ७ का छात्र एलेक्स अधिकारी र एसओएस हर्मन माइनर स्कुल १२ कक्षाकी छात्र सुजिता न्यौपानेले सार्वजनिक गरेका हुन् । यो उनको तेस्रो कृति हो । एम्बुसमा ६ वर्ष र कर्म : सिकाइमा गहिरिएको खाडलका लेखक पत्रकार न्यौपानेले पहिलो बालकथा लिएर आएका हुन् ।
पुस्तकमाथि टिप्पणी गर्दै श्रीतिकाले कथाको विषयवस्तु आफूलाई मन परेको बताइन् । ‘यसमा स्वाभिमान र सानु गरी दुई जना मुख्य पात्र छन्, ‘उनले टिप्पणी गरिन्, ‘शुरुमा सानी ट्यालेन्ट शोमा भाग लिन पाउछु भनेर खुसी भएकी हुन्छे । उसले परिवरालाई पनि ट्यालेन्ट शो हेर्न बोलाएकी हुन्छे । तर पछि उसलाई छान्दैनन् । कक्षामा अलि जान्नेलाई मात्रै अघि सार्छन् । त्यसले गर्दा सानी निराश हुन्छे । उसलाई मनोवैज्ञानिक प्रभाव पर्छ । ऊ झन् राम्रोसँग पढ्न मान्दिन् । खाना पनि राम्रोसँग खान मान्दिन् । उसमा मनोवैज्ञानिक असर परेपछि सानीको सानुबाबाले यो कथा पत्रिका लेखिदिन्छन् । पत्रिकामा छापिएपछि यो कथाले चर्चा पाउँछ । प्रिन्सिपलले बोलाएर अर्काे पटक भाग लिन दिने वचन दिन्छन् । अनि सानी खुसी हुन्छे । यसमा बालमनोविज्ञानलाई राम्रोगरी केलाइएको छ ।’

एलेक्सले पनि कथा आफूलाई निकै मन परेको बताए । ‘मेरो स्कुलमा जान्ने र नजान्नेबीच कुनै भेदभाव छैन,’ उनले टिप्पणी गरे तर अरू स्कुलमा यो समस्या रहेछ । अब यस्तो भेदभाव नगर्नु होला । सबैलाई समान अवसर दिनु होला ।’ बालसाहित्यकार तथा पत्रकार नेत्र तामाङले पहिलो कथा भएपनि शसक्त रहेको प्रतिक्रिया दिए । ‘यो मेरै कथा जस्तो लाग्यो,’ तामाङले भने, ‘शिक्षकले साना–साना कुरामा ध्यान नदिंदा बालबालिकाले मनोवैज्ञानिक असर व्यहोर्नु परेको छ । यो कथाले मेरो मन छोयो ।’ अर्का बालसाहित्यकार श्रीराम राईले आफैंपनि बालसाहित्य लेख्ने भएकाले न्यौपानेको कृति इष्र्यालाग्दो भएको प्रतिक्रिया दिए । ‘विद्यालयमा जान्ने विद्यार्थीलाई मात्र प्राथमिकता दिइने जीवन्त समस्यालाई पुस्तकमा उठाइएको छ,’ राईले भने, ‘अरू विद्यार्थी प्रिनसवल हुन्छन् भन्ने देखाइएको छ । कथामा हेर्नै पर्ने सबै तत्व छन् । द्वन्द्व पनि शसक्त रूपमा देखाइएको छ ।’ यसमा चित्र प्रिजंग गुरुङले कोरेका छन् । लेखक न्यौपानेले बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण र व्यवहार गर्ने तरिका बदल्नु पर्छ भन्ने अभियान अन्तरगत यो पुस्तक आएको बताए । उनको यस अघि एम्बुसमा ६ वर्ष र कर्म : सिकाइमा गहिरिएको खाडल सार्वजनिक भएका छन् । पुस्तक स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












