२ नम्बर प्रदेशमा मतगणना सुरु, कसले मार्ला बाजी ? त्यो भने हेर्न बाँकी
काठमाडौं, ३ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहममा सोमबार भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको हो । केही ठाउँमा भने राति अबेरसम्म मटपेटिका संकलनको काम भएकाले अहिले बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु भएको छ ।
पछिल्लो मतगणना अनुसार सिरहाको कल्याणपुण नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ ।
महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । रौतहटका पनि १८ वटा तहमध्ये १२ वटा तहमा मतगणना सुरु भएको छ । सर्लाहीका २० मध्ये केहीमा राति १ बजेदेखि मतगणना सुरु भएको छ । पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगररमा भने अहिले बिहानदेखि मत गन्ने तयारी छ ।
बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना सुरु भएको छ । सप्तरीको सप्तकोशी गाउँपालिकासहित धेरैजसो तहमा मतगणना सुरु भएको छ । यस्तै सिरहा, वारा र सप्तरीमा पनि राति अबेरदेखि मत गन्न थालिएको छ ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ ९३९ प्रतिशत० र पुरुष २२ हजार ८ सय ६१ ९६१ प्रतिशत० छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












