शरदकुमार गौचनमाथि रमेश बाहुन समूहले गोली हानेको आशंका
काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गुण्डा नाईके सुजन पौडेल उर्फ रमेश बाहुनको समुहले गोली प्रहार गरेको आशंका गरिएको छ । सोमबार दिउँसो नेपालकै प्रमुख प्रशासनिक निकाय संसद भवन नजिकै गोचनको गोली प्रहार गरि हत्या गरिएको थियो । तीन गोली लागेका गौचनको अस्पताल नपुर्याउदै मृत्यु भएको थियो । उनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिए । ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्र गौचनमाथि हातपात गरेको एआइजी चन्दले बताए।
‘बाहुन समूहले थप्पड हानेको भन्ने जानकारी आएको छ, त्यही समूह हो वा अन्य हो खोजी भइरहेको छ’ चन्दले भने,’अहिले काठमाडौं उपत्यकामा नाकाबन्दी गरेर खोजतलास भइरहेको छ।’ बाहुन निर्माण व्यवसायी र रोडाढुङ्गा व्यवसायीसँग अवैध असुलीका लागि कुख्यात छन्। दुई वर्षअघि ललितपुरका मिनकृष्ण महर्जनलाई गोली हानेका बाहुन लागूऔषध मुद्दामा कारागारमा छन्।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












