एउटा बाइकमा एकै परिवारका पाँच जना देखेपछि प्रहरीले सडक मै गरे नमस्कार
एजेन्सी, २५ असोज । एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नै नमस्कार गरेका छन् । जुन तस्वीर यतिबेला भारतीय सोशल मिडियामा भाइरल भएको छ । भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरलाई पाँच हजारभन्दा बढी पटक ‘रि–ट्वीट’ गरिएको छ ।
त्यस्तै झण्डै १० हजार जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् । संयौंको संख्यामा ‘कमेन्ट’ आएका छन् । उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र ) हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’
तस्वीरमा बच्चासमेत पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । बाइक चालकको नाम हनुमन्थ रायडु रहेको बताइएको छ । उनी आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् ।
बी शुभकुमार नाम गरेका प्रहरीले उनलाई रोक्नासाथ नमस्कार गरेका हुन् । शुभकुमार भन्छन्, ‘बाइकमा पाँच जना बसेको, त्यसमा पनि चालकले हेलमेट नलगाएको देखेर मैले नमस्कारबाहेक अरु केही गर्नै सकिनँ ।’ हनुमन्थले यसअघि नै बारम्बार ट्राफिक नियम तोडेको बताइन्छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












