भाउजू जिस्काएको भन्दै ढुंगाले हानेर आफ्नै साथीको हत्या
दाङ, २६ असोज । भाउजू जिस्काएको आरोपमा आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराही–२ सुर्केडाँगीका मनोज चौधरीलाई पक्राउ गरेको हो । यही असोज १३ गते घोराही उपमहानगरपालिका २ रामपुरमा मृत भेटिएका मन बहादुर खत्रीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
बाग्लुङको हटिया गाविस ६ का मनोज घोराही २ स्थित ससुरालीमा बस्दै आएको समयमा असोज १३ मृत अवस्थामा फेला परेका थिए । घोराही १ र २ को बीचमा पर्ने चेपे सोता खोलाको पुलमुनी मृत अवस्थामा फेला परेका खत्रीको हत्या गरिएको आशंकामा अनुसन्धान थाल्दा असोज १२ गते राती मनोज चौधरीले खत्रीको हत्या गरेको खुल्न आएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए । प्रहरी प्रमुख सिंहले हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका चौधरीले खत्रीको हत्या आफूले गरेको स्विकारेको भन्दै निज चौधरीमाथि मुद्दा चलाइसकेको जानकारी दिए ।
यसरी भएको थियो खत्रीको हत्या
असोज १२ गते बेलुकी अन्दाजी ७ बजे समयमा मृतक मनबहादुर खत्री र मनोज चौधरी भेट भई सुर्केडाँगीमा मादक पदार्थ सेवन गरी राती अन्दाजी ८ बजे नाच हेर्ने मनोज चौधरीको मामाको घर पलासे भन्ने स्थानमा गएका थिए । त्यहाँ दुवैले मादक पदार्थ सेवन गरी नाचगान हेरेका थिए र सोही राती अंन्दाजी साढे १२ बजे आआफ्नो घरतर्फ फर्केका थिए ।
मृतक खत्रीसँग छुट्टिएर घर आएका मनोजले भाउजू रजनी चौधरीलाई उठाई भान्सा कोठामा गई भाउजुलाई खाना राख्न लगाएर खाँदै गर्दा मृतक खत्री पनि मनोजको घरमा आएका थिए, त्यहाँ दुवैले पुनः मादक पदार्थ सेवन गरेका थिए । त्यसै क्रममा मृतक खत्रीले मनोजकी भाउजु रजनी चौधरीलाई जिस्काउन थालेपछि दुवैको बीचमा झगडा भएको थियो ।
मनोजले मृतक खत्रीलाई मृतकको ससुराली घरतर्फ लैजादै गर्दा चेपे सोता खोलाको पुल नजिक पुग्दा सोही विषयलाई लिएर फेरि झगडा भएको थियो । यही झगडामा मनोजले मृतक चौधरीलाई पुलमाथिबाट धक्का दिई खसालेर घाइते बनाएका थिए । त्यसपछि आफु पनि खोलामा गई नजिकै रहेको धारिलो ढुंगाले खत्रीको टाउकोमा हिर्काई हत्या गरेका थिए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












