के तपाइको स्तन क्यान्सर भएको छ ? नत्र यसरी पत्ता लगाउन सकिन्छ
काठमाडौं, २७ असोज । स्तन क्यान्सरे महिलाहरूको ज्यान लिने प्रमुख रोग हो । क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्रयाइँ गर्दा स्तन क्यान्सरले ज्यान लिन सक्छ । सामान्य विचार नपुर्याउँदा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ । स्तनमा भएका कोष/कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
पहिलो स्टेजमै स्तन क्यान्सर थाहा भयो भने यो रोग निको हुन सक्छ । तर, क्यान्सर लागेको थाहा भएन भने यसले ज्यान पनि लिन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापनको कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ ।
यसरी गर्न सकिन्छ स्तनको परीक्षण
-स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भन्ने कुराको जानकारी महिलाहरू आफैँ स्तन छामेर पत्ता लगाउन सक्छन् ।
-नियमित रूपमा आफैँले राम्ररी हेरेर तथा छामेरसमेत स्तनमा भएका गिर्खा थाहा पाउन सक्छन् ।
-दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ ।
-स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐनाअगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । -स्तनको वरिपरि र काखीमुनि गिर्खाहरू भए/नभएको छामेर हेर्नुपर्दछ ।
लक्षण
-स्तनमा गाँठागुठी आउनु ।
-स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिपजस्तो पदार्थ बग्नु ।
-स्तन सुन्निनु तथा थिच्दा दुख्नु ।
-स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा र अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
-स्तन वा स्तनको मुन्टोको आकार परिवर्तन हुनु । जस्तै– रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर -फर्किएको, मुन्टोवरिपरिको छालामा कत्ला निस्कनु वा सुन्निनु ।
-स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै– रातो, सफा वा पहेँलो, पिपजस्तो आउनु ।
-स्तनको मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु ।
-गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
Comments
अरु समाचार
-
आज चार मन्त्री थपिँदै, शपथ पनि आजै
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन्...
-
वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक: महामन्त्री विश्वप्रकाश शर्मा !
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जालमा...
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...












