के तपाइको स्तन क्यान्सर भएको छ ? नत्र यसरी पत्ता लगाउन सकिन्छ
काठमाडौं, २७ असोज । स्तन क्यान्सरे महिलाहरूको ज्यान लिने प्रमुख रोग हो । क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्रयाइँ गर्दा स्तन क्यान्सरले ज्यान लिन सक्छ । सामान्य विचार नपुर्याउँदा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ । स्तनमा भएका कोष/कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
पहिलो स्टेजमै स्तन क्यान्सर थाहा भयो भने यो रोग निको हुन सक्छ । तर, क्यान्सर लागेको थाहा भएन भने यसले ज्यान पनि लिन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापनको कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ ।
यसरी गर्न सकिन्छ स्तनको परीक्षण
-स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भन्ने कुराको जानकारी महिलाहरू आफैँ स्तन छामेर पत्ता लगाउन सक्छन् ।
-नियमित रूपमा आफैँले राम्ररी हेरेर तथा छामेरसमेत स्तनमा भएका गिर्खा थाहा पाउन सक्छन् ।
-दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ ।
-स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐनाअगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । -स्तनको वरिपरि र काखीमुनि गिर्खाहरू भए/नभएको छामेर हेर्नुपर्दछ ।
लक्षण
-स्तनमा गाँठागुठी आउनु ।
-स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिपजस्तो पदार्थ बग्नु ।
-स्तन सुन्निनु तथा थिच्दा दुख्नु ।
-स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा र अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
-स्तन वा स्तनको मुन्टोको आकार परिवर्तन हुनु । जस्तै– रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर -फर्किएको, मुन्टोवरिपरिको छालामा कत्ला निस्कनु वा सुन्निनु ।
-स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै– रातो, सफा वा पहेँलो, पिपजस्तो आउनु ।
-स्तनको मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु ।
-गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












